
धनुषा, ०७६ फागुन ३ गते ।
प्रदेश २ का सामाजिक विकासमन्त्रि नवलकिशोर साहलाई फागुन ३ गते कालोमोसो दल्न गएका १० जनालाई राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताहरु लाई प्रहरीले गिरफतार गरेका छन् । राजपा धनुषा अध्यक्ष मण्डलका सदस्य ज्ञानेन्द्र झा नेतृत्व समर्थित युवाहरुले मन्त्रि साहलाई कालोझण्डा देखाउँदै कालोमोसो गर्न जनकपुरधाम उपमहानगरपालिका–८ स्थित जानकी हेल्थ केयर सेन्टर पुग्नुभएको थियो ।
मन्त्री साहलाई राजपा सँग आबद्ध युवा तथा कार्यकर्ताहरुले घेरेर नाराबाजी गर्दै कालोमोसो दल्नै लाग्दा सुरक्षार्थ खटिएका प्रहरीले १० जनालाई गिरफतार गर्दै जिल्ला प्रहरी कार्यालय धनुषामा राखेका थिए ।
गिरफता पर्नेहरुमा ३० वर्षीय रोशन मिश्र, २९ वर्षीय रोशन साह, ३० वर्षीय गौतम झा, २८ वर्षीय अशोक यादव, २७ वर्षीय करण मिश्र, ३१ वर्षीय विरेन्द्र साह, २९ वर्षीय दिनेश यादव, ३२ वर्षीय मुकेश झा, ३५ वर्षीय रियाज अन्सारी र २९ वर्षीय शिव यादव रहनुभएको छ ।
मन्त्रिलाई कालोमोसो दल्न गएपछि करिव १ घण्टा मन्त्रि साह अस्पताल परिसरमै बस्नुपरेको थियो । घटनास्थल पुगेका प्रहरीले युवाहरुलाई गिरफतार गरि सुरक्षितसाथ गन्तव्य स्थल पुर्याइएको थियो ।
फागुन २ गते राजपा नेपालका धनुषा अध्यक्ष मण्डलका सदस्य ज्ञानेन्द्र झाले सामाजिक विसकास मन्त्री नवलकिशोर साहलाई मन्त्रालयको काम कारबाहीबारे असन्तुष्टि व्यक्त गर्दा दुवै बीच विवाद भएको थियो । सोही क्रममा मन्त्री साहले झालाई औकात छ भने केही बिगारेर देखाउ देउ भनी धम्की दिएकाले राजनितिक रिसिविले गर्दा झा समर्थित युवाहरुले मन्त्री साहलाई कालोमोसो दल्न पुगेका थिए । यसअघि फागुन २ गते नै अध्यक्ष मण्डल सदस्य ज्ञानेन्द्रले सामाजिक विसकासमन्त्रीलाई कालोमोसो गर्ने आफनो फेसवुकमा स्टाटस लेख्नुभएको थियो ।
दिपेन्द्रप्रसाद सिंह