
धनुषा, ०७६ फागुन ४ गते ।
समाजवादी पार्टी धनुषाले संगठन विस्तार तथा सुढृढीकरण अभियानमा सक्रिय भएका छन् । पार्टीलाई नयाँ ढंगबाट अगाडी बढाउन समाजवादी पार्टीले देश भरि संगठन बिस्तार तथा सुदृढीकरण अभियान संचालन गरेको छ । अभियानकै क्रममा आइतवार क्षेत्र नम्बर ३ मा विस्तारित बैठक सम्पन्न गरेको छ । संघीय सांसद तथा पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाको प्रमुख आतिथ्य र केन्द्रीय सदस्य एवं अभियानका क्षेत्रीय अभियन्ता उमेश साहको अधयक्षतमा बैठक गरिएको छ ।
बैठकमा पार्टीलाई सुदृढ तथा विस्तार कसरी प्रभावकारी बनाउने विषयमा गम्भिर छलफल भएको छ । मधेसको मुद्दा सम्बोधन गराउन मजबुत संगठन निर्माण गर्न सबैले आ–आफ्नो ठाउंँबाट कडा मेहनत गर्नुपर्नेमा सांसद अरगरियाले पार्टीका कार्यकताहरुलाई निर्देशन दिएका छन् ।
सरकारले पटक पटक संविधान संशोधन गर्ने आश्वासन दिएर पनि संविधान संशोधन नगरेकाले गर्दा संविधान संशोधनका लागि दवाबमुलक कार्यक्रम गर्ने सांसद अरगरियाले बताए ।
बैठकमा प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहेका समाजवादीका नेता ज्ञानेन्द्र कुमार यादवले देशमा अब नयाँ ढंगबाट अगाडि बढ्न र पार्टीलाई बैकल्पिक शक्तिको रूपमा निर्माण गर्नको लागि संगठन बिस्तार तथा सुदृढीकरण अभियानलाई अगाडी बढाउनु पर्नेमा जोड दिएका छन् ।
बैठकमा केन्द्रीय सदस्य बेचन मुखिया, प्रदेश सांसद चमेली देवी दास, प्रदेश सांसद रामअशिष यादव, समाजवादी पार्टीका नेता शेषनारायण यादवलगायत क्षेत्रीय नेता कार्यकताहरुको उपस्थिती रहेको थियो ।