सत्ता परिवर्तनका लागि छलफल भई रहेको नेकपा अध्यक्ष प्रचण्ड र राजपा अध्यक्ष मण्डल सदस्य महतोको गरे खुलासा


धनुषा, ०७६ फागुन ११ गते ।
धनुषाको क्षेत्र नं. ३ का प्रतिनिधीसभा सदस्य रहेको राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले तत्कालै सरकारमा आफुहरु जान नसकिने बताएका छन् । आइतवार जनकपुरधाम उपमहानगरपालिका वडा नं.२५ लोहनाको केउट टोलमा सामुदायिक भवनको शिलान्यास गर्दै राजपा अध्यक्ष मण्डल सदस्य महतोले जनताको माग सम्बोधन नभएसम्म आफुहरु सरकारमा सहभागि हुन नसक्ने बताएका छन् ।
आइतवार धनुषाको मिथिलाविहारी नगरपालिका ३ स्थित कचुरीमा १५ दिन मिथिला माध्यमिकी परिक्रमाको शुभारम्भ गर्दै नेकपाका अध्यक्ष समेत रहेको पूर्वप्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्डले सरकारमा जाने बारेमा समाजवादी र राजपा दुवै दलसंग छलफल भई रहेको बताएका छन् ।
नेकपा अध्यक्ष प्रचण्डले सरकारमा सहभागि हुनेवारेमा प्रदेश २ का सत्तासाक्षेदार दुवै दलसंग छलफल भई रहेको बताई रहेकै समयमा राजपा अध्यक्ष मण्डल सदस्य महतोले संविधान संशोधन, सांसद रेशम चौधरीसहितको रिहाइलगायतको मुद्दा सम्बोधन भए सरकारमा जाने संकेत गरेका छन् ।
देशकै ठुला दलको अध्यक्षले सरकार परिर्वतन र सरकारमा सहभागितासम्बन्धी छलफल भई रहेको र प्रदेश २ का सत्तासाक्षेदार दलमध्येका अध्यक्षले जनताको माग सम्बोधन भए सरकारमा जान सोच्न सकिने अभिव्यक्ति दिनुले नेकपा र राजपाविच प्रदेश २ सरकार परिवर्तन र केन्द्रिय सरकारमा सहभागिताबारेमा गोप्य सहमति भएको स्पष्ट झल्किन्छ ।

धेरै पढिएको

ताजा समाचार