२२ गते बोलाइएको प्रदेशसभाको बैठक स्थिगित


धनुषा, ०७६ फागुन २० गते ।
प्रदेश–२ को नामकरण र स्थायी राजधानी टुंगो लगाउन बोलाइएको २२ गतेको सदन स्थिगित भएको छ । २२ गते सदनको बैठक बसेर २३ गते मतदान गर्ने संसद सचिवालयले तयारी गरेको थियो । प्रदेश सरकारको आग्रहमा सदनले गरेको तयारीमा अपुग भएको भन्दै २२ गते बोलाइएको बैठक ३० गते १ बजे बस्ने गरि तालिका सार्वजानिक गरेको ससद सचिवालयका सचिव रंजित यादवले जानकारी दिएका छन् ।
फागुन ३० गते बस्ने प्रदेशसभा बैठकमा नामकरण र स्थायी राजधानी टुंगो लगाउने प्रक्रियाबारे सदनलाई जानकारी गराई त्यसको भोलिपल्ट मतदान गराउने सदन सचिवालयले तयारी थालेको छ ।
प्रदेश २ मा सत्ता साक्षेदार समाजवादीको ३० र राजपाको २५ सांसद छन् भने प्रमुख प्रतिपक्षी नेकपाको ३२, कांग्रेसको १९ र एकजना रिजवान अन्सारीका पार्टीका सांसद छन् ।

धेरै पढिएको

ताजा समाचार