
धनुषा, ०७६ फागुन ३० गते ।
नेपाल सरकारद्धारा प्रतिवन्धित नेत्रचन्द विप्लव नेतृत्वको पार्टीले अन्तर्रा्ष्ट्रिय बालअधिकार महासन्धि विरुद्धको अपराध गर्दै आएको रहस्य खुलेको छ । नेपाल सरकारले २०४८ भदौ २९ गते अन्तराष्ट्रिय बालअधिकार महासन्धि विरुद्ध अनुमोदन गरि सकेको राष्ट्र हो । यसका अतिरिक्त नेपाल दुई वैकल्पिक अभिसन्धिमा पनि २३ भाद्र २०५९ मा हस्ताक्षर गरि सकेको छ ।
धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं. ५ चिसापानी गौरी खोला बस्ने लाल बहादुर मोक्तानको १४ वर्षीया छोरी करिना मोक्तानलाई फागुन २८ गते विप्लव नेतृत्वको नेता कार्यकताहरुले विद्रोही सेना बनाउने भनेर अपहरण गरेपछि विप्लव नेतृत्वको विद्रोही पार्टीले अन्तर्रा्ष्ट्रिय बालअधिकार महासन्धि विरुद्धको अपराध गरि रहेको खुलासा भएको छ ।
बालिकालाई अपहरण गरेको घटनामा प्रहरीले गिरफतार गरेका ५छ महिलासहितको १४ जनामध्ये अधिकांश २० वर्ष मुनिका बालबालिका रहेको छ । जसले स्पष्ट देखिन्छ, विप्लव नेतृत्वको पार्टीले बालबालिकालाई जवरजस्ती लडाकु बनाउनको लागि अपहरण गर्दै पार्टीको काममा लगाउने गरेका छन् ।
फागुन २९ गते विप्लव नेतृत्वका कार्यकता पक्राउ पर्नेहरुमा इलामको फाकफोक बस्ने बर्ष २० वर्षीय मुस्कान राइ, सुनसरीको इटहरी बस्ने २८ बर्षीय बिबेक खड्का, सर्लाहीको लालबन्दी बस्ने १६ वर्षीय रिता काकी,ताप्लेजुङका खोक्सिङ बस्ने २० वर्षीय बिकास राइ, इलाम बतासे बस्ने २७ वर्षीय आयुष मगर, उदयपुरको ताप्ली गापा बस्ने १८ वर्षीय अबिनाश तामाङ, उदयपुर गाइघाट बस्ने २० वर्षीय आशिष लामा, ताप्लेजुङ बस्ने १६ वर्षीया रन्जना राई, धनकुटा पाक्रीबास बस्ने १९ वर्षीया अनिता राई, कैलाली बस्ने बस्ने १९ वर्षीया अनुस्का राउत,मोरङ आइतबारे बस्ने १७ वर्षीया सपना राई, भोजपुर बस्ने ४५ वर्षीय मणिराज राई, मोरङ बस्ने १५ वर्षीय आशिस श्रेष्ठ र सिन्धुलीको ज्यामिरे बस्ने १२ वर्षीय ईश्वर पुलामी मगर रहेका छन्
गतिविधि पुष्टि भएमा विप्लवले अन्तर्रा्ष्ट्रिय बालअधिकार महासन्धि विरुद्धको अपराध गरेको ठहरिने छ ।