
धनुषा, ०७६ चैत्र १ गते ।
नेकपाका सांसद रामचन्द्र मण्डलले मुख्यमन्त्रि लालवावु राउतले प्रदेशका मन्त्रि, सचिव र कर्मचारीलाई कमाण्ड गर्न असक्षम रहेकाले राजिनामा दिएर मार्ग प्रशस्त गर्न माग गर्नुभएको छ । सरकारले अगुवाले आफना मातहतका तल्लो तहका निकायलाई कमाण्ड गर्न नसकेकाले काम लेस मुख्यमन्त्रिले राजिनामा दिनुपर्नेमा जोड दिनुभएको छ । २ वर्षदेखि आफुहरु सरकारलाई साथ र समर्थन दिदै आएपनि आफनै सत्तासाक्षेदार दल र मन्त्रिहरुविचमा असमक्षदारी बढेकाले गर्दा सोको दायित्वबोध गर्नुपर्ने बताउनुभयो ।
प्रदेश २ सरकार गैरजिम्मेवार काम गर्दै आएकाले गर्दा आफुहरु हातमा दहि जमाएर बस्न नसक्ने बताउनुभएको छ । विशेष समयमा बोल्दै प्रदेश सांसद मण्डलले सरकारले उपभोत्ता समितीको बाँकी बक्यौत्ता अविलम्ब भुत्तानी गराउन नसकेको खण्डमा सदनमा आवाज उठान गर्ने र सरकारको कार्यालयमा तालावन्दी गर्ने चेतावनी दिनुभएको छ ।
सरकारका मन्त्रिहरुविच आपसी द्धन्द्ध रहेको बताउँदै सांसद मण्डलले भने प्रदेश सरकारले भन्छ कर्मचारीलाई संघिय सरकारले सिकाएर पठाएका छन् तर यहाँका मन्त्रि र सत्तासाक्षेदार सांसदलाई कसले सिकाएको भन्दै प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो सदनमा मुख्यमन्त्रिले जवाफ दिएर हुदैन मुख्यसचिव आएर जवाफ दिनुपर्छ ।
भुक्तानीको सवालमा निकै जोड दिएका सांसद मण्डलले संघियताको कभरमा कति दिनसम्म जालझेल हुने बताउनुभयो ।
सांसद मण्डलले भने हामीलाई काम चाहिएको जालझेल र निकम्मापना नदेखाउनुस् । प्रदेश २ सरकारले आजसम्म एउटा काम समेत राम्रो गर्न नसकेको भन्दै हामीलाई रेड कार्ड समेत उपलब्ध गराउन नसकेकोप्रति आक्रोश व्यक्त गर्नुभयो ।
आफुहरुलाई समेत सरकारको बजेट र योजनाबारे जानकारी दिइदैनन्, सांसदलाई समेत जानकारी नदिने सरकारले पत्रकारलाई सुचना दिने कुरै नभएको बताउनुभयो । प्रदेश २ सरकारले जनताको भावना अनुसारको काम गर्न नसकेर सदनलाई गप्पीको अखाडा बनाएको दावि गर्नुभयो ।