
धनुषा, ०७६ चैत्र ४ गते ।
प्रदेश २ को स्थाय राजधानी जनकपुरधाम राख्ने भनि भएको दलिय सहमति विपरित प्रदेशसभामा मतदान भएको छ । सत्तासाक्षेदार दल समाजवादी र राजपा नेपालका सांसदहरुले प्रदेश २ का सभामुख सरोजकुमार यादवको नेतृत्वमा गठित सर्वदलित बैठकबाट पारित गरिएको प्रदेश २ को राजधानी जनकपुरधाम विपरित मतदान गरिदाँ जनकपुरधामको प्रस्ताव अस्वीकृत भएको हो ।
मंगलवार राति १० बजे भएको मतदानमा जनकपुरधाम राजधानी हुने पक्षमा ५२ मत र जनकपुरधाम राजधानी नहुने पक्षमा ५२ मत परेका छन् । ३ वटा मत बदर भएको छ । यस अघि प्रदेशको नामाकरणको सवालमा ४ वटा नाम प्रस्ताव भई मतदान हुँदा सवै नाम अस्वीकृत भएको थियो ।
सत्तासाक्षेदार दलहरुले ल्याइएको मधेश प्रदेशको पक्षमा दुई तिहाई बहुमत आउन नसकेपछि बदलाको भावना लिएर दलित सहमति गरेका सत्तासाक्षेदर दलले सहमति लत्याउँदै जनकपुरधामको विपक्षमा मतदान गरेका छन् ।
दलिय सहमति गरेर प्रदेश २ को राजधानी जनकपुरधामकोा विपक्षमा मतदान गरेपछि अहिले सामाजिक संजालमा व्यापक विरोध भई रहेको छ । युवाहरुले सत्तासाक्षेदार दलहरुले आफनो बच्चापन देखाएको बताउँदै कुन मुखले मधेशवादी दलहरु जनकपुरधाममा बस्ने प्रश्न गरि रहेका छन् ।
मधेशवादी दलका आफनै नेता, कार्यकताहरुले समेत नेताहरुको विरोधमा जाने संकेत गरेका छन् । दलिय सहमति विपरित मतदान भएकाले गर्दा आउने दिनहरुमा समेत दलिय सहमतिमा विश्वासघात हुने निश्चित देखिएको छ ।