
धनुषा, ०७७ बैशाख ११ गते ।
नवगठित जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र महतोले वर्तमान सरकारले ल्याइएको दल फुटाउने खालको विद्येयक फिर्ता गुर्नपर्ने माग गरेका छन् । राजपा र समाजवादी पार्टी मिलेर बनेको जनता समाजवादी पार्टी नेपालको दल दर्ता गराउन निर्वाचन आयोग पुगेका महतोले भने प्रधानमन्त्रिले पार्टी फुटाउने षड्यन्त्र असफल भएको दाबी गरेका छन् ।
उनले आफुहरुको पार्टी कुनै पनि हालतमा नफुटने समेत बताए, हामी मिलेर राजपा र समाजवादी पार्टीले नयाँ पार्टी बनेकाले गर्दा आउने दिनमा समेत सहमति गरेर अगाडी बढ्न शिर्षस्थ नेताहरु विश्वस्त रहेको बताए ।
एकदलीय सोच राखेर सरकारले प्रतिपक्षी दललाई फुटाउन रातारात अध्यादेश ल्याएपछि आफूहरूले रातारात जुटेर जवाफ फर्काएको उनले बताए । बुधवार भएको पार्टी एकताको निर्णय जानकारी गराउन निर्वाचन आयोग पुगेका नेता महतोले पत्रकारसँग कुरा गर्दै हिमाल, पहाड, तराईको वैकल्पिक शक्ति निर्माणका लागि पार्टी एकता गरेको बताएका हुन् ।
‘लोकतन्त्र दिवस मनाउँदै गर्दा सरकारबाट लोकतन्त्रमाथि आक्रमण भएको भन्दै महतोले दलीय पद्धतिलाई सिध्याउने, पार्टी फुटाउने षड्यन्त्र थियो, जुटेर देखाएको बताए । पार्टी एकतामा कुनै विवाद नरहेको र पार्टी नफुट्ने उनले दाबी गरे । लकडाउनमा पहिला जनताको पिडा र समस्या हेर्ने र लकडाउन पछि एकताको वाँकी काम पुरा गर्ने महतोको भनाई छ ।