
धनुषा, ०७७ बैशाख २६ गते ।
पूर्वप्रधानमन्त्रि समेत रहनुभएका जनता समाजवादी पार्टी नेपालका नेता वर्तमान प्रधानमन्त्रिलाई पदबाट राजिनामा दिएर थकित र विरामी शरिरलाई आराम दिन आग्रह गर्नुभएको छ ।
बैशाख २६ गते बेलुका प्रतिनिधीसभाको बैठकमा बोल्नुहुदै पूर्वप्रधानमन्त्रि भटटराइले भन्नुभयो, कुर्सीमा बसेर ठुलो हुने हैनन्, हामी ६० कटि सकेकाले अव देशको कार्यकारी पदको भुमिकामा रहनको लागि लोभ गर्नु हुदैन् । देशलाई युवा, सक्रिय नेतालाई कार्यकारीको भुमिका निर्वाह गर्न आग्रह गनुभएको छ ।
उहाँले भन्नुभयो महात्मा गान्धी कहिल्यै पदमा बसेनन्, भगवान बुद्ध राज्यको सुख सुविधा छोडेर गए तर अहिले उहाँहरुको सम्मान गरिन्छ त्यसैले सम्मान लिनको लागि पदमै बस्नुपर्ने आवश्यकता नरहेको बताउनुभयो ।
नेकपालाई जनताले ५ वर्षको लागि सत्ता चलाउन दिएको जनादेशलाई सम्मान गर्न सक्रिय युवालाई कार्यकारीको भुमिका दिन आग्रह गर्दै पूर्वप्रधानमन्त्रि भटटराईले भन्नुभयो प्यासी घोडालाई खोलासम्म लग्न सकिन्छ तर पानी खुवाउन सकिदैनन्, त्यसैले हामीले प्रधानमन्त्रिलाई राम्रो गर्न सल्लाह दिने हो, सोच्ने भनेको प्रधानमन्त्रिले नै हो बताउनुभयो ।
भटटराइले रेशम चौधरीलाई कति दिनसम्म सरकारले थुनामा राख्ने प्रश्न गर्नुभएको थियो । उहाँले राजनितिक घटनामा मुछेर जनप्रतिनिधीलाई वर्षौसम्म थुनामा राखेपछि सम्बन्धित क्षेत्रको के हालत होला भन्दै चाँडै नै रेशम चौधरीलाई थुनामुक्त गर्न माग गर्नुभयो ।