
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले सर्वोच्च अदालतले भन्दैमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको पूर्व तयारीको काम नरोकिने बताएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले यस्तो बताएका हुन् । उनले देशको भविष्यसँग जोडिएको विषयमा बहस गर्न आफैं सर्वोच्च जाने तयारी गरेको बताए ।
निजगढ विमानस्थल निर्माणका क्रममा रुख कटानको कामबारे कुनै निर्णय नलिन सर्वोच्चले शुक्रबार अन्तरिम आदेश दिएको थियो । २९ मंसीरमा सर्वोच्चले यसबारे छलफल गर्न दुबै पक्षलाई बोलाएको छ ।