काग्रेस प्रदेश २ सभापतिमा रौतहटका कृष्ण यादव विजय, भौतिक पूर्वाधार मन्त्रिलाई राजिनामा दिन नैतिक दवाव

धनुषा,०७८ पुस ९ गते । नेपाली कांग्रेसको प्रदेश २ सभापतिमा रौतहटका कृष्ण यादव विजयी हुनु भएको छ । काग्रेसका संस्थापन पक्ष शेरबहादुर देउवा पक्षधर कृष्ण यादव विजयीले धनुषाका रामसरोज यादवलाई १४१ मतान्तरले पराजय गरेका हुन् ।


कृष्ण ९ सय ९६ मत पाउँदा रामसरोजले मात्र ८५५ मत पाएका छन् । ३० मत बदर भएको छ । कृष्ण पार्टी रौतहटका सभापति हुन् भने रामसरोज काँग्रेप प्रदेश २ संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकास मन्त्री समेत हुन् ।


रामसरोजलाई शेखर कोइराला, रामचन्द्र पौडेल पक्षको पनि समर्थन थियो भने कृष्ण यादवको मात्र देउवाको सहयोग थियो । ६७ पदका लागि बिहीबार बिहान ९ बजेदेखि राति ८ बजेसम्म मतदान चलेको थियो ।


जम्मा १९ सय ५१ मतदाता रहेकोमा १८सय ८१ मत खसेको थियो । राति ११ बजेबाट मतगणना सुरु भएको थियो । शुक्रबार बिहानै सभापतिको नतिजा सार्वजनिक भइसकेको छ । अब उपसभापतिको मतगणना हुने निर्वाचन समितिले जनाएको छ ।

प्रदेश २ सभापतिमा पराजित भएका रामसरोज यादवलाई मन्त्रि पदबाट राजिनामा दिन नैतिक दवाव परेको छ ।

धेरै पढिएको

ताजा समाचार