उपप्रधान तथा कानुनमन्त्रि यादवले दिए राजिनामा, सरकारलाई दिएको समर्थनबारे मौनता अझै कायमै

धनुषा । ०७६ पुस ८ गते ।
संघिय समाजवादी पार्टीको तर्फबाट सरकारमा सहभागि भई उपप्रधान तथा कानुन न्याय तथा संसदीय मामिला मन्त्रि उपेन्द्र यादवले पदबाट राजिनामा दिएको घोाषणा गरेका छन् । २०७५ जेष्ठ १४ गते समाजवादी पार्टी र तत्कालिन एमाले र नेकपाविच संविधान संशोधन गर्ने २ बुन्दे शर्तसहित सरकारमा सहभागि भएको स्मरण गर्दै संविधान संशोधनको लागि पटक पटक आग्रह गर्दा समेत त्यसो नभएकाले आफुले पदबाट राजिनामाको घोषणा गरेको बताएका छन् । संविधान संशोधनका लागि २०७६ पुुस ७ गते मन्त्रिपरिषदमा प्रस्ताव लग्दा समेत प्रस्तावमाथि छलफलै नगरि अस्विकार गरेको भन्दै आफुले पदमा बसि रहन नसक्ने भन्दै पदबाट राजिनामा दिएका छन् ।
पदबाट राजिनामा दिएको पत्रमा संघिय समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको बारेमा चर्चा गरेको छैन् । यस अघि समाजवादीको मंगलवार बिहान बसेको पदाधिकारी बैठकले सरकार छाड्ने निर्णय गरेको थियो ।

धेरै पढिएको

ताजा समाचार