• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

उम्मेदवारहरूले खर्च विवरण बुझाएनन्

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
चैत्र ४, २०७६, ७:१२ AM
0
उम्मेदवारहरूले खर्च विवरण बुझाएनन्

सप्तरी, ०७६ चैत्र ४ गते ।

सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ मा मङ्सिर १४ गते सम्पन्न उपनिर्वाचनका उम्मेदवारले साढे तीन महिना बिते पनि खर्च विवरण बुझाएका छैनन् ।

निर्वाचन आयोग नियमावली २०७३ को दफा १४ बमोजिम निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको मितिले ३० दिनभित्र अनुसूची ५ को ढाँचामा खर्चको विवरण पेश गर्नु पर्ने हुन्छ । जिल्ला निर्वाचन कार्यालय सप्तरीका अनुसार वडा अध्यक्षमा बिजयी उम्मेदवार राजपा नेपालकी प्रमिलादेबी यादवले मात्र निर्वाचन खर्चको विवरण मङ्सिर १९ गते बुझाउनु भएको छ । कार्यालयका नायव सुब्बा नबिन यादवका अनुसार वडा अध्यक्ष यादवले खर्च विवरण बुझाए पनि बील भरपाई बुझाउनु भएको छैन् ।

निर्वाचन आयोग ऐन २०७३ को दफा २५ को १ मा राजनीतिक दल वा उम्मेदवारले निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको मितिले ३० दिनभित्र आयोगले तोकेको ढाँचामा खर्चको विल भरपाई सहित निर्वाचन खर्चको विवरण पेश गर्नुपर्ने व्यवस्था छ ।

photo20200316saptari (2)

तोकिएको अवधिमा खर्च विवरण पेश नगर्ने राजनीतिक दल वा उम्मेदवारलाई निजले गरेको निर्वाचन खर्च वा आयोगद्वारा निर्धारित खर्चको हदमध्ये जुन बढी हुन्छ सोही बराबरको रकम जरिवाना गर्न सक्ने व्यवस्था निर्वाचन आयोग ऐनको दफा २६ को १ मा छ । दफा २६ को २ मा निर्वाचन खर्चको विवरण पेश नगरेमा वा अस्वभाविक वा निर्वाचनको स्वच्छतामा प्रतिकूल हुने गरी खर्च गरेमा खर्च बराबरको रकम वा पाँच लाख रुपैयाँमध्ये जुन बढी हुन्छ सो बराबरको रकम जरिवाना गर्न सक्ने उल्लेख छ ।

उप निर्वाचनमा नेकपा, नेपाली कांग्रेस, राजपा नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र २ स्वतन्त्र उम्मेवारहरूले प्रतिस्पर्धा गरेका थिए । वडा अध्यक्षको उपनिर्वाचनमा ७ सय ५७ पुरुष र ६ सय ४६ महिला मतदाता रहेकोमा ५ सय ५३ पुरुष र ५ सय ६१ महिलाले मतदान गरेका थिए ।

साभार : इन्सेक अनलाइन

सम्बन्धित समाचार

मधेश प्रदेश सरकार तेश्रो चरणमा पाए पूर्णता, १५ सदस्यीय मन्त्रिमण्डल
राजनीतिक

मधेश प्रदेश सरकार तेश्रो चरणमा पाए पूर्णता, १५ सदस्यीय मन्त्रिमण्डल

२०७९/१०/२४
मधेस प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी 
राजनीतिक

मधेस प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी 

२०७९/१०/२४
मधेश प्रदेशमा सरकार निमार्णमा जनमत पार्टी निर्णायक
राजनीतिक

मधेशका सांसदहरु विषयगत समितीमा बाडिने

२०७९/१०/२२

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

मधेश प्रदेश सरकार तेश्रो चरणमा पाए पूर्णता, १५ सदस्यीय मन्त्रिमण्डल

मधेश प्रदेश सरकार तेश्रो चरणमा पाए पूर्णता, १५ सदस्यीय मन्त्रिमण्डल

16 hours ago
लवकुशमा ३ महिने व्यटीपार्लरसम्बन्धी तालिम सुरु

लवकुशमा ३ महिने व्यटीपार्लरसम्बन्धी तालिम सुरु

17 hours ago
प्रदेश लोकसेवा आयोग निस्कृय भएको भन्दै विद्याथार्थीहरुले जनकपुरधाममा गरे प्रदर्शन

प्रदेश लोकसेवा आयोग निस्कृय भएको भन्दै विद्याथार्थीहरुले जनकपुरधाममा गरे प्रदर्शन

1 day ago
मधेस प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी 

मधेस प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी 

1 day ago
नागरिकता विधेयक अगाडि बढाउने सरकारको तयारी

नागरिकता विधेयक अगाडि बढाउने सरकारको तयारी

1 day ago
नेपालका पहिलो गभर्नर जबराको निधन

नेपालका पहिलो गभर्नर जबराको निधन

3 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In