• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

काँग्रेसले सस्तो लोकप्रियता खोज्यो वडा अध्यक्ष नागेन्द्र

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
मंसिर २४, २०७६, १:५० PM
0
काँग्रेसले सस्तो लोकप्रियता खोज्यो  वडा अध्यक्ष  नागेन्द्र

०७६ मंसिर २४ गते
जनकपुरधाम

धनुषाको शहिदनगर नगरपालिकाका स्वास्थय सँयोजक नागेन्द्र मण्डलले नेपाली काँग्रेसका कार्यकर्ताहरुले सस्तो लोकप्रियताको लागि मेयरलाई बदनाम गर्न खोजेको बताएका छन् ।

संघीय समाजवादी पार्टी तथा तत्कालिन फोरमबाट वडाध्यक्षमा विजयी भएका शहिदनगर नगरपालिका वडा नं। घ का वडाध्यक्ष समेत रहेका सँयोजक मण्डलले नेपाली काँग्रेसको झण्डा बोकेर केही कार्यकर्ताहरु सस्तो लोकप्रियताको लागि मात्र नारा जुलुस र धर्ना गरेको प्रतिक्रिया दिएका छन् ।

केही दिनदेखि शहिदनगर नगरपालिकामा नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुले वृद्धभत्ता समयमा नबाँडेको तथा प्रसूतिभत्तामा समेत कटौति गरेको भन्दै नगरपालिकाका मेयर उदय कुमार बरबरिया ९यावद० लाई दोषारोपण गरिरहँदा स्वास्थ्य सँयोजक एवम् वडाध्यक्ष मण्डलले काँग्रेसको राजनीतिक प्रतिशोध र राजनीतिक मुद्दा बनाएर सस्तो लोकप्रियता खोजेको प्रतिक्रिया दिएका छन् ।

न्यूज ब्यूरोसँगको कुराकानीमा स्वास्थ्य सँयोजक मण्डलले गत आर्थिक वर्षमा आमा सुरक्षा भत्ता ९प्रसूतिभत्ता समेत० कुल ११ लाख रुपैयाँ मात्र बजेट आएको र त्यही आर्थिक वर्ष सहित चालु आर्थिक वर्षसम्म पनि नगरपालिकाबाट सँस्थागत प्रसूति गराएकोमा १ हजार ४० बच्चा जन्मेपछि रकम अपुग भएको समेत बताएका छन् । उनले भने, ११ लाख रुपैयाँमा १ हजार ४० जनालाई प्रति प्रसूति रु। हजारका दरले वितरण गर्दा रकम अपुग देखियो, प्रसूति सहित उनका आफन्तहरु रकमको लागि हल्ला गर्न थाल्यो, हामीले त्यतिबेला पनि थप रकम माग गरेका थियौ र त्यतिबेला सम्म कोलेनिकाबाट रकम पाईसकेका थिएनौं, त्यस्तो अवस्थामा तत्कालको लागि प्रति प्रसूति रु। ५०० का दरले उपलब्ध गराएर सबैलाई पुरयाउने निर्णय गरयौ ।

त्यतिबेला रकम अपुग भएर मात्र रु। ५०० दिन निर्णय गरेपनि आमा सुरक्षा भत्तामा थप रकम माग गरेकोमा थप रकम आएपछि पुनः रु। ५०० का दरले सबैलाई बाँडने निर्णय नै गरेको बताए । सँयोजक मण्डलले प्रसूतिहरुलाई तत्कालको लागि मात्र ५०० रुपैयाँ दिएको र पछि फेरी पनि ५०० रुपैयाँ दिने भनेर भनिसकेको दाबी गर्दै नेपाली काँग्रेसले केही मुद्दा नपाएर यसैलाई मुद्दा बनाएर सस्तो लोकप्रियता कमाउन खोजेको आरोप लगाए ।

जम्मा त ११ लाख रुपैयाँ आएको थियो आमा सुरक्षा भत्तामा । त्यतिबेला १ हजार ४० बच्चा सँस्थागत प्रसूतिबाट जन्मीयो । बच्चाको सँख्या बढी भएपछि रकम अपुग हुनु स्वभाविक भयो नी । त्यतिबेला हामीले कागजी प्रक्रिया पुरा गर्न सकेका थिएनौ । तर अपुग रकम चाँही माग गरिसकेका छौं । अब आएलगत्तै बाँकीको ५०० रुपैयाँ सबैलाई बाँडछौं । त्यतिबेला त हल्लाको कारण बाध्य भएर ५०० मात्र बाँडेका थियौं , हामीले केही समय प्रतिक्षा गर्न भनेका थियौं, गरेको भए एकमुष्ट १००० रुपैयाँ बाँडने थियौं । अब थप रकम आएलगत्तै उनीहरुलाई थप रकम बाँडनेछौं – सँयोजक मण्डलले थपे ।

नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुले नगर प्रमुख बरबरियालाई भ्रष्टाचारी भनेर नाराजुलुस गरेको प्रति प्रतिक्रिया दिँदै सँयोजक मण्डलले त्यसलाई नेकाँको सुनुयोजित बखेडा भएको बताए । प्रसूतिहरुलाई थप ५०० रुपैयाँ दिने भनेर भनिसकेको अवस्थामा बलपूर्वक उचाल्नु राजनीतिक द्धेष भएको बताउँदै उनले नगरका जनताले बेतुका विरोधको सबै रहस्य थाहा पाईसकेको बताए ।

यता, केही अनलाईनहरुमा शहिदनगर नगरपालिका कालो सूचिमा परेको र बजेट समेत रोक्का भएको भनेर समाचार प्रकाशित भएपछि न्यूज ब्यूरोसँग कुराकानी गर्दै नगर प्रमुख उदय कुमार बरबरियाले त्यसलाई राजनीतिक रिसबी बताएका छन् । समयमै नगर परिषद् सम्पन्न गरेर बजेट ल्याएको बताउँदै उनले अनुदानको थप रकमहरु पनि आईसकेको दाबी गरेका छन् ।

उनले भने, नगर परिषद् जनता एकाई माविकै प्राँगनमा हजारौं नगरवासीको प्रत्यक्ष उपस्थितिमा गरेको कसलाई थाहा छैन रु के पत्रकारहरु त्यहाँ गएका थिएनन र रु त्यतिबेला मिडियामा समाचार आएनन र रु शहिदनगर कालोसूचिमा परेको र बजेट नल्याएको भनेर लेख्ने मिडिया र मिडियाका पत्रकारको नैतिकता जानोस्, होस छ की छैन रु कि मगज बिग्रेको हो त्यो त उनीहरुलाई नै थाहा होला । तर उनीहरुलाई चेकअपको जरुरी देखियो । यसरी झुठो र हावादारी समाचार लेखेर रमाउने पत्रकारहरुलाई रमाउन दिनुस् । जनता सबै कुरा बुझिरहेको छ ।

सम्बन्धित समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी
स्थानीय समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

२०७९/१०/१५
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै
समाचार

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

२०७९/१०/१५
निजी विद्यालयले ०.५ प्रतिशत रकम जगेडा कोषमा राख्नुपर्ने
राष्ट्रिय

किन जनप्रतिनिधीको प्राथमिकतामा पर्दैन शिक्षा

२०७९/१०/०९

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

4 hours ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

4 hours ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

1 day ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

1 day ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

1 day ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

1 day ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In