धनुषा, ०७७ पुस ७ गते ।
नेकपाका अध्यक्ष रहेका प्रधानमन्त्रि केपी शर्माले प्रतिनिधीसभा (संसद) विघटन गरेपछि पार्टीभित्र आन्तरिक किचलो झन बढेको छ । संसद विघटन गराएपछि कमजोर देखिएका प्रधानमन्त्रि केपी शर्मा ओलीलाई प्रचण्ड र नेपाल पक्षधर समुहले कारवार्ही गरेको छ ।
पार्टी अध्यक्ष प्रचण्डको अध्यक्षतामा बसेको बैठकबाट अर्का अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट बर्खास्त गर्ने निर्णय गरेको छ । पार्टीको दुई तिहाईभन्दा बढी केन्द्रिय सदस्यहरुको बैठकबाट अध्यक्ष ओलीलाई कारवार्ही गर्दै अर्का अध्यक्षमा नेकपाका बरिष्ठ नेता माधव नेपाललाई राख्ने निर्णय गरेको छ । नेपाललाई अध्यक्ष बनाउन झलनाथ खनालले प्रस्ताव गरेको स्रोतले जनाएको छ ।
यता,नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवत्ता नारायणकाजी श्रेष्ठलाई कारवाही गर्दै प्रदिप ज्ञवालीलाई प्रवत्ताको रुपमा तय गरेको छ । साथै केन्द्रिय समितीको बैठकबाट केन्द्रिय सदस्य थप गर्ने निर्णय गरेको छ । ओलीको बैठकमा वर्तमान केन्द्रिय समितीका थोरै सदस्यहरुको उपस्थिती रहेको थियो ।
यता, प्रदेश २ मा नेकपाका अध्यक्ष प्रचण्ड र माधव नेपाल पक्षधर पक्ष बलियो देखिएको छ । प्रदेश २ सभाको सांसदहरुको अहिलेसम्मको अवस्थामा प्रचण्ड पक्षधर बलियो देखिएको छ । संसद विघटनको विरोध सत्तापक्षकै नेता कार्यकताहरुले चर्को स्वरमा गरि रहेको छ ।
पार्टी भित्रको आन्तरिक किचलोका कारण प्रदेश २को प्रदेशसभामा नेकपाबाट नेतृत्व गर्ने प्रदेशसभा सदस्यहरुमा समेत विभिन्न खेमाहरु देखिएका छन् । प्रदेशसभामा प्रतिनिधित्व गर्ने केपी शर्मा ओली पक्षधर प्रदेशसभा सदस्यहरुले प्रतिनिधिसभा विघटनको पक्षमा उभिएका छन् ।
नेकपा कै अर्का अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र बरिष्ठ नेता माधव नेपाल पक्षधर प्रदेशसभा सदस्यहरु प्रधानमन्त्री ओलीको कदमलाई कडा प्रतिवाद गरिरहेका छन् । नेकपा प्रदेश २को संसदीय दलका नेता सत्यनारायण मण्डल ओलीको विश्वास पात्रहरु मध्ये एक हुन् ।
उनी प्रधानमन्त्री ओली पक्षमा उभिएका छन् । यद्यपि नेकपालाई प्रधानमन्त्री ओलीको यो कदमले नेकपालाई के घाटा हुने विषयमा प्रतिक्रिया दिन चाहेनन् । उनले प्रतिनिधिसभा भंग गर्ने ओली र राष्ट्रपतिको कदम एकदम सही र संविधानकाे दायरा भित्रै रहेर गरिएको दावी गरे ।
आफ्नै पार्टीको अध्यक्ष र देशको प्रधानमन्त्रीलाई पार्टी भित्रैबाट घेराबन्दी गर्न खोज्दा के गर्नु हुन्थ्यो मण्डलले प्रश्न गरे । नेकपा प्रदेश २का प्रदेशसभा सदस्य दिलिप साहले प्रतिनिधिसभा विघटन गरेर जनतालाई धोखा दिएको भन्दै आक्रोश व्यक्त गरे ।
नेकपाका अर्का प्रदेशसभा सदस्य प्रमोद कुमार यादवले प्रधानमन्त्री ओलीको यो कदमले निरंकुशताको पराकाष्ठा नाँघेको बताए । उनले प्रम ओलीले लोकतन्त्र, संघीयता, गणतन्त्र र जनताको बलिदानीको कदर नै गर्दै आफ्नो निजि स्वार्थ र कुर्सी जोगाउनकै लागि यतिसम्म निरंकुश भएको प्रतिक्रिया दिए ।
प्रदेशमा निर्वाचन हुँदा तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र गठबन्धन गरेर चुनाव लडेको थियो । सो चुनावमा तत्कालिन एमालेलाई प्रत्यक्ष र समानुपातिक सीट गरी प्रदेश २ को प्रदेशसभामा २१ सीट प्राप्त भएको थियो भने माओवादी केन्द्रलाई ११ सीट प्राप्त भएको थियो । पछि यी दुई दल बिच एकिकरण भएर बनेको नेकपालाई प्रदेशसभामा कुल ३२ सीट रहेको छ ।
यद्यपि प्रतिनिधिसभा विघटनपछि विकसित घटना क्रमले प्रदेश २को प्रदेशसभामा नेकपा ३ टुक्रामा देखिएको छ । अहिले तत्कालिन माओवादी केन्द्रबाट निर्वाचित प्रदेशसभा सदस्यहरु अध्यक्ष प्रचण्डकै पक्षमा उभिएका छन् । यसरी हेर्दा प्रचण्डको पक्षमा ११ जना प्रदेशसभा सदस्यहरु रहेका छन् ।
यता तत्कालिन नेकपा एमालेबाट निर्वाचित २१ जना प्रदेशसभा सदस्यहरुमध्ये ८ जना प्रदेशसभा सदस्य बरिष्ठ नेता माधव नेपालको पक्षमा छन् भने १३ जना प्रदेशसभा सदस्य प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा रहेका छन् ।
प्रचण्ड–माधव पक्षमा रहेका प्रदेशसभा सदस्यहरु
अशोककुमार यादव
गोबिन्दबहादुर न्यौपाने
मन्जुकुमारी यादव
शत्रुधन महतो
शारदादेवी थापा
सीता गुरुङ
हसिमा खातुन
प्रमोदकुमार यादव
कुन्दनप्रसाद कुशवाहा
दिल्लीप्रसाद उप्रेती
दिलिपकुमार साह
प्रमिलाकुमारी यादव
फुलियादेवी सदाय
भरतप्रसाद साह
महम्मद समीर
रामकुमार यादव
रामचन्द्र मण्डल
रुबीकुमारी कर्ण
ज्वाला कुमारी साह
ओली पक्षका प्रदेशसभा सदस्यहरु
सत्यनारायण मण्डल
सुन्दर बहादुर विश्वकर्मा
अनिता कुमारी यादव
किशोरी साह कमल
जगतारैन देवी सुडीन
नागेन्द्र राय यादव
मनोजकुमार सिंह
रबिन्द्र बैठा धोवी
लगनलाल चौधरी
मेची लुंगेली
त्रिलोकी प्रसाद
दिल्लीप्रसाद उप्रेती
मदनसेन प्रताव श्रीबास्तव
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !