धनुषा,०७७ पुस १२ गते ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा धनुषाको अगुवा कार्यकता भेला भब्यताका साथ सम्पन्न भएको छ । नेकपाको प्रदेश कार्यालयमा आयोजित अगुवा कार्यकता भेलामा धनुषाका हजारौको संख्यामा नेकपाका नेता कार्यकताहरुको उपस्थिती रहेको थियो । नेकपाका दुई अध्यक्ष दुई धारमा विभाजन झै भई आ आफनै तरिका किताकाट गरेपछि प्रचण्ड नेपाल पक्षधर समुहले तत्कालिन नेकपा एमालेको पार्टी कार्यालय हाल नेकपाको प्रदेश कार्यालयमै अगुवा कार्यकता भेलाको आयोजना गरेको हो ।
धनुषामा प्रचण्ड नेपाल पक्षधर नेताहरुको हावि रहेको देखिन्छ । नेकपाको केन्द्रिय कमिटीदेखि स्थायी कमिटी र जिल्ला तहका नेता कार्यकताहरु समेत धनुषामा प्रचण्ड नेपाल पक्षमा रहेको देखिन्छ । धनुषामा केहि नेता वाहेक अधिकांश प्रचण्ड–नेपाल संगै छन् । रघुविर महासेठ, जुली महतो र योगनारायण यादव तथा राजकिशोर यादव वाहेक लगभग सवै नेताहरु प्रचण्ड नेपालको पक्षमा रहेको छ । धनुषामा निकै बलियो देखिएको प्रचण्ड–नेपालका नेताहरु आज तत्कालिन एमालेको पार्टी कार्यालय मिथिला भवनमा भेला गरे र केपि ओलीलाई चुनौती दिएका छन् ।
भेलालाई सम्बोधन गर्दै नेता रामचन्द्र झाले भने, ‘धनुषामा चल्न दिदैनौं, ओलीको दाँत तोडी दिन्छौं ।’ कम्युनिष्टको नाममा कतिले गोली र लाठी मात्र खाएको त कतिपयले सत्ता र भत्ताको नाँउमा चिल्लो मात्र ठुसेको उनको आक्रोस थियो । पार्टीलाई मान्दिन भन्न सक्नु भयानक अधिनायकावादको संकेत रहेको उनको कथन छ । नेता तथा प्रदेश २ का सांसद समेत रहेका सत्रुधन महतोले गणतन्त्र आँउदा ओलीले बैलगाडामा अमेरिका पुगिदैन भनेको स्मरण गराउदै भने, ‘त्यति वेलै ओली गद्दार रहेको कुरा नेताहरु सोच्न र बुझन चुकेकै हुन ।’ नेता गणेश साहले ओलीले कु गरेको दावी गर्दै एकजुट भएर कम्युनिष्ट शक्ति त्यसको प्रतिवाद गर्नुपर्ने बताए ।
पुष १४ गते जनकपुरधाममा कम्युनिष्टको शक्ति प्रदर्शन हुने भन्दै साहले भने, ‘ढिलै भएपनि चिनियो अव परास्त गरेरै छोडनु पर्छ ।’ नेता श्री प्रसाद साहले पनि ओलीको विरोध गर्दै ओलीमा कम्युनिष्टको कुनै गुण नरहेको बताए । २०७१ साल असारमा भएको ९ औं महाधिवेशनमा ओली र नेपाल पक्षको प्रतिस्पर्धा र दुवैले प्राप्त गरेको मत स्मरण गराउदै भने, ‘तर ओलीले नेपालले कुनै मत नै नल्याएको जस्तो आफु मात्र सवै थोक जस्तो देखाउन थाल्यो ।’
भेलामा नेता रत्नेश्वर लाल गोइतले समेत ओली अधिनायकवादी भएको बताए । प्रतिनिधीसभा सांसद बोधमाया यादव, नेता एवं प्रदेश सांसद शत्रुधन महतो, श्रवण यादव बरबरिया, यदुवंश झा, दिपक यादव, शितल झा सहितको सहभागिता रहेको भेला मंगलवार हुने देश व्यापी विरोध प्रदर्शनको आधार तयार गर्न आयोजना गरिएको बुझिएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !