धनुषा, ०७८ फागुन १५ गते । नेकपा एमाले क्षीरेश्वरनाथ नगरपालिकाको दोश्रो नगर अधिवेशन नयाँ नगर कमिटि गठन गर्दै सम्पन्न भएको छ । अधिवेशनले महेन्द्र यादवको अध्यक्षतामा ५५ सदस्यीय क्षीरेश्वरनाथ नगरपालिकाको नगर कमिटि गरिएको छ ।

नव गठित नगर कमिटिको उपाध्यक्षमा अनिल चौधरी, सचिवमा रामकृष्ण यादव, उपसचिवमा निर्मला सिंह लगायत रहेका छन् ।
एमालेका केन्द्रिय सचीव रघुबिर महासेठको प्रमुख आतिथ्यता सम्पन्न अधिवेशनमा जुलि महतो, बटेश्वर गाउँपालिका अध्यक्ष समेत रहनुभएका एमालेका नेता डम्बरबहादुर राउत क्षेत्री, मिथिला नगरपालिका उपप्रमुख तारा लामा बस्नेत लगायत केन्द्रिय, प्रदेस र जिल्ला कमिटी लगायत विभिन्न संघ संस्थाहरुको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !