• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

सही तरिकाले सुरक्षित साथ मोटरसाइकल हाक्ने चालकले जान्नैपर्ने १० कुरा

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
मंसिर १९, २०७६, २:५८ PM
0
सही तरिकाले सुरक्षित साथ मोटरसाइकल हाक्ने चालकले जान्नैपर्ने १० कुरा

सिताराम हाछेथु

सजिलो, सस्तो र छिटो हुने भएकाले मोटरसाइकल लोकप्रिय यातायातको साधनमा पर्छ । ट्राफिक प्रहरी महाशाखाको आँकडा अनुसार काठमाण्डौमा मात्रै १० लाख भन्दा बढी मोटरसाइकल गुड्छन् । यात्रा गर्न सहज भए पनि मोटरसाइकल निकै जोखिमपूर्ण यातायातको साधन हो । लड्दा होस् या कतै ठोक्किँदा, सबैभन्दा बढी असर मोटर साइकल र चालकलाई पर्ने गर्छ । मोटरसाइकल लिएर सडकमा निस्किएपछि जोखिम कम गर्न र हुनसक्ने सम्भावित दुर्घटना र असरबाट बच्न चालकले केही कुरामा विशेष ध्यान दिनुपर्छ ।

१)आफ्नो उचाइ र तौलअनुसारको मोटरसाइकल : धेरैले विलासिताको लागि र स्टाइल देखाउने किसिमको मोटर साइकल किन्नुहुन्छ । जुन उहाँहरुको उचाइ र तौलले धान्न सक्ने खालको हुँदैन । होचो मान्छेले आफ्नो उचाइअनुसार र पातलो मान्छेले आफ्नो तौलअनुसारको मोटसाइकल किन्नुपर्छ । यसो हुँदा त्यो व्यक्तिले अप्ठेराे परेकाे बेला मोटरसाइकल थाम्न सजिलो हुन्छ ।

२) लुकिङ ग्लासको सही प्रयोग : मोटरसाइकलमा प्रयोग भएको लुकिङ ग्लासको प्रयोगबाट पनि दुर्घटनाबाट बच्न सकिन्छ । लुकिङ ग्लास भनेको पछाडिको आँखा हो । आफ्नो पछाडि कुन गाडी आइरहेको छ ? कति स्पीडमा आइरहेको छ ? भन्ने कुराको जानकारी लिंँदै सुरक्षित रुपमा गुड्न लुकिङ ग्लासले सहयोग गर्दछ ।

कुनै ठाउँबाट दायाँबायाँ मोडिंदा, मोटरसाइकल घुमाउँदा लुकिङ ग्लासको निकै महत्वपूर्ण हुन्छ। तर अहिले विभिन्न स्वरुपमा साना लुकिङ ग्लासको प्रयोग गर्दा पनि चालकहरु असुरक्षित हुने गरेका छन। कम्पनीले मोटरसाइकलमा प्रयोग गरेको लुकिङ ग्लास विभिन्न परीक्षणबाट पास गरिएको हुनाले यसको स्वरुपमा परिवर्तन गरेर नचलाउने गर्दा चालक सुरक्षित हुन सक्छन् ।

३) गुणस्तरीय हेल्मेटको प्रयोग : बजारमा विभिन्न स्वरुपका हेल्मेटहरु पाइन्छन् । जसले सुरक्षाभन्दा पनि राम्रो र स्टाइलमा बढी केन्द्रित भएको देखिन्छ र मोटर साइकल चालकको छनोटमा पनि सुरक्षा भन्दा पनि देखावटीपन परेकोले चालक जोखिम परेका छन् । मोटरसाइकल चालकले आफ्नो टाउकोलाई राम्ररी छोप्ने र मोटर साइकल लड्दा टाउकोमा चोट लाग्नबाट रोक्ने किसिमको हेलमेट प्रयोग गर्नुपर्छ । बलियो, गुणस्तरीय किसिमको हेल्मेट चालकको पहिलो छनोट हुनुपर्छ । साथै हेलमेटको फित्ता लाई राम्रोसँग बाधेर मोटरसाइकल चलाउनुपर्छ । फित्ता बाँध्न ५ सेकेन्ड लाग्न सक्छ तर त्यो ५ सेकेन्डको सही प्रयोग नगर्दा ज्यान नै जोखिममा पर्न सक्छ ।

४) हतार गरेर नचलाउने र गति कम गर्ने : सडकमा हुने दुर्घटनाको मुख्य कारण मध्येको एक तीव्र गति हो । निस्किने हामी सबैलाई निकै हतार हुने गर्दछ । घरमा बस्दासम्म समयको कुनै ख्याल हुँदैन, हामी फुर्सदमा हुन्छौँ तर सडकमा निस्किएपछि हामीलाई हतारो हुन थाल्छ । सडकमा हुने दुर्घटनाको मुख्य कारण भनेको तीव्र गति हो । जति गति कम हुन्छ त्यति दुर्घटना हुने सम्भावना कम हुन्छ। गति बढाउने त चालकले हो तर जतिजति गति बढ्दै जान्छ त्यति नै मोटरसाइकल वा अन्य गाडी हरु चालकको नियन्त्रण बाहिर हुँदै जान्छ । त्यसैले आफूले हाँक्ने मोटरसाइकल र गाडीलाई आफ्नो नियन्त्रणमा राख्न, सहज र सुरक्षित यात्रा गर्न गतिमा नियन्त्रण हुनु आवश्यक हुन्छ ।

५) इन्डिकेटर र साइड लाइटको प्रयोग गर्ने : मोटरसाइकल चालकले सडकमा निस्किएपछि सुरक्षित यात्रा गर्नको लागि मोटरसाइकलको इन्डिकेटरको प्रयोग राम्रोसँग गर्नुपर्दछ । आफू मोडिँदा , मोटर साइकल घुमाउँदा दायाँबायाँ जता जाने हो, त्यतापट्टिको साइड लाइट बालेर पछाडि आउने गाडीलाई संकेत दिनुपर्छ । संकेत दिँदा आफू जाने ठाँउ आउनुभन्दा अलिक अघिदेखि नै साइड लाइट बालेर जानकारी दिनुपर्छ, जसले गर्दा पछाडिबाट आउने गाडिले आफ्नो गतिमा नियन्यण गर्न सकून् । आव श्यकता अनुसार चालकले हर्न र पास लाइटको पनि प्रयोग गर्नुपर्दछ ।

६) लेनमा बस्ने : मोटरसाइकल होस् या अरु गाडिहरु सबै लेनमा बस्नु निकै जरुरी हुन्छ। धेरैजसो हुने दुर्घटना लेन अनुशासन नमानेको कारण हुने गरेको ट्राफिक प्रहरी महाशाखाले बताउँदै आएको छ । बिना अनुमति तपाई कसैको घरमा पस्दा घरधनिले तपाईंलाई कुट्न सक्छ, प्रहरीमा चोर भनेर बुझाउन सक्छन् नि । हो ठ्याक्कै त्यस्तै लेन भनेको पनि घर हो । जसरी तपाई आफ्नो घरमा सुरक्षित हुनुहुन्छ । यसैगरी आफ्नो लेनमा बस्दा सुरक्षित बन्नु हुन्छ ।

७) जबर्जस्ती ओभरटेक नगर्ने : ओभरटेक गर्दा पहिला सडक राम्रो नियालेर विपरित दिशाबाट आउने गाडीको सङख्या र गतिलाई मध्य नजर गर्दै आफ्नो लेनमा गुडिरहेको गाडीलाई सकेंत दिएर ओभरटेक गर्नुपर्छ । नेपाल देब्रे प्रणालीबाट सडकमा गाडीहरु चल्ने गर्छन् । बस र सार्वजनिक गाडिहरुका बिसौनी बायाँतिर भएकोले बिसौनीतिर गाडीहरु जाँदा दुर्घटना हुने गर्दछ । त्यसैले ओभरटेक गर्दा दाहिनेतिरबाट गर्नुपर्छ । गाडीमा चालक सधैँ दाहिनेतिर बसको हुन्छ । दाहिने पट्टिबाट ओभरटेक गर्दा चालकले तपाईलाई सहज रुपमा देख्न सक्छन् । चालक दायाँतिर हुने हुदाँ बायाँतिर कम मात्रै देख्न सक्दछ ।

८) ट्राफिक नियमको पालना गर्ने : चालकहरुको सबैभन्दा नराम्रो बानी भनेको ट्राफिक प्रहरी देख्दा मात्रै नियम मान्ने नत्र जथाभावी चलाउने गर्नु हो । आफ्नो ज्यानको भन्दा पनि ट्राफिकको सिट्टीसगँ डराउने प्रवृत्ति हट्नु जरुरी छ। हेलमेट नलगाइ चलाउने, ३ जना राखेर हाँक्ने, मोटरसाइकलको क्षमताभन्दा बढी भारी बोकेर हिड्ने हेर्दा सामान्य कुराहरुको ख्याल नगर्नु पनि दुर्घटनाको कारण हो । ट्राफिक नियमले आफूलाई बाध्नको लागि होइन, सुरक्षित बनाउनको लागि हो भनेर सचेत हुने हुदाँ पनि सुरक्षित बन्न सकिन्छ । आफूले जानेको ट्राफिक नियमको बारेमा अरुलाई पनि सिकाउने र यसको महत्वको बारेमा बुझाउने गर्नुपर्छ ।

९)बलियो हेल्मेटको प्रयोग गर्ने र फित्ता राम्ररी बाँध्ने ,

१०)मोटरसाइकलको क्षमता भन्दा बढी भारी र मानिस नबोक्ने

(जानकारीको लागि सेयर गर्नुहोस)

सम्बन्धित समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी
स्थानीय समाचार

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

२०७९/१०/१५
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै
समाचार

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

२०७९/१०/१५
निजी विद्यालयले ०.५ प्रतिशत रकम जगेडा कोषमा राख्नुपर्ने
राष्ट्रिय

किन जनप्रतिनिधीको प्राथमिकतामा पर्दैन शिक्षा

२०७९/१०/०९

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

3 hours ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

4 hours ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

1 day ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

1 day ago
सहयोगको भरमा सामुदायिक विद्यालय

सहयोगको भरमा सामुदायिक विद्यालय

1 day ago
जनकपुरमा विद्यार्थी घटे, गाउँ गाउँमा बढे, अधिकांश विद्यार्थीको रोजाई प्राविधिक विद्यालय बन्दै

जनकपुरमा विद्यार्थी घट्दा, गाउँमा बढ्दै

1 day ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In