• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

यसरी बयान फेर्छन् पीडित महिला

क्षीरेश्वरनाथ डेस्क क्षीरेश्वरनाथ डेस्क
मंसिर २२, २०७६, ३:१४ PM
0
यसरी बयान फेर्छन् पीडित महिला

– लक्ष्मी भण्डारी
वीरेन्द्रनगर । दैनिक कुटाइबाट पीडित मेहलकुनाकी एक महिला श्रीमान्लाई कानूनी कारवाही गर्ने अठोटका साथ उजुरीसहित जिल्ला प्रहरी कार्यालय सुर्खेतमा पुगिन् । उनको उजुरीले श्रीमान्लाई प्रहरी नियन्त्रणमा पु¥यायो । 

    प्रहरी कार्यालयमा श्रीमान् देखेपछि उनले टुलुटुलु हेरिरहिन् । अघिसम्म कारवाही गर्ने अडान लिएकी उनको मनमा एकाएक परिवर्तन आयो र प्रहरीसामु आफ्नो बयान फेरिन् । “श्रीमान्लाई कारवाही नै हुनुपर्छ भनेर उजुरी दिएँ”, उनले भनिन्, “प्रहरी अगाडि श्रीमान्लाई उभ्याउँदा उहाँका गल्तीहरु सबै बिर्सिएँ, मनमा एकाएक परिवर्तन आयो, जति गल्ती गरे पनि मन पग्लियो ।” एकछिन अघि कारवाहीको उजुरी लिएर गएकी उनले फेरेको बयानले प्रहरीलाई हिंसाको उजुरी होइन, मिलापत्र गराएर पठाउन बाध्य बनायो । 

    मदिरा नपाएको निहुँमा श्रीमान्बाट दिनहुँ कुटिन बाध्य वीरेन्द्रनगर नगरपालिका–३ की अर्की एक महिलाको कथा पनि उस्तै छ । दिनभरिको घरव्यवहार र साँझ मदिराको झाँेकमा श्रीमान्को कुटाइले गर्दा शरीरको कुनै अङ्ग नै बाँकी थिएन । जति कुटे पनि  चुपचाप सहँदै आएकी उनी छिमेकीले सोधे बिरामी भएको जवाफ दिँदै आएकी थिइन् । एक दिन अति नै भएपछि माइतीको साथ लागेर प्रहरी कार्यालयमा उजुरी दिइन् । उजुरीपछि दुवै पक्षलाई उपस्थित गराएर छलफल भयो । माइती बोकेर प्रहरी कार्यालय पुगेकी उनी एकाएक परिवर्तन भइन् । एकछिन अघिसम्म हिम्मतका साथ श्रीमान्लाई कारवाही गर्न पुगेकी उनको ‘मिलापत्र गर्ने’ जवाफ आएपछि प्रहरी उजुरी  प्रक्रिया त्यही रोक्न बाध्य भयो ।  

    दोस्रो विवाह गरेको थाहा पाएपछि उजुरी दिन प्रहरी चौकी पुगेकी पूर्वी सुर्खेतकी एक २६ वर्षीया महिलालाई  श्रीमान्को फोनले मन पगाल्यो । सौता हालेको थाहा पाएपछि प्रहरी चौकी पुगेकी उनलाई श्रीमान्ले फोनबाटै  उजुरी नगर्न दबाब दिए । उनी भन्छिन्, “अन्याय भयो भनेर प्रहरीमा जाने आँट गरेँ तर कारवाहीका लागि उजुरी दिन सकिनँ ।” प्रहरीमा मुद्दा दिएपछि आफ्नो जागिर जाने र सबैको बिचल्ली हुने श्रीमान्को बिलौनाले उनको मन पग्लियो । उनी भन्छिन, “श्रीमान्को बिलौनापछि उजुरी दर्ता गराउन आँट नै आएन, जे भए पनि आफ्नैलाई जेल पठाएर कसरी बस्न सकिन्छ जस्तो लाग्यो अनि उजुरी दिन सकिनँ ।” 
    
    घरेलु हिंसा र बहुविवाह सहन बाध्य माथिका तीन महिला उदाहरण मात्र हुन् । उजुरी बोकेर जाने अधिकांश महिलाको प्रहरी कार्यालय पुग्दा मन पग्लिसकेको हुन्छ । हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुङ्गिन्छन् । घरेलु हिंसापीडित अधिकांश महिलाले प्रहरीमा उजुरी गरे पनि मुद्दाको प्रक्रिया अघि नबढ्दै बयान फेर्दछन् । शुरुमा श्रीमान्लाई कारवाही प्रक्रियामै लैजाने सोचले उजुरी दिए पनि उनीहरुको मन परिवर्तन हुन्छ र अन्त्यमा मिलापत्रमै पुग्छन् । उनीहरु जति नै हिंसा सहे पनि अन्तिम विकल्प मिलापत्रलाई नै मान्दछन् । 

    जिल्ला प्रहरी कार्यालय सुर्खेतमा २०७४/७५ मा घरेलु हिंसाका ४५९ उजुरी दर्ता भएकामा ४०३ वटा उजुरी मिलापत्रबाट टुङ्गो लागेको थियो । प्रहरी कार्यालयको रेकर्डअनुसार मिलापत्र गराइएका अधिकांश उजुरी श्रीमान् र श्रीमतीबीचको झगडामा आधारित थिए । यस्तै आर्थिक वर्ष २०७५/७६ मा दर्ता भएका घरेलु हिंसाका ४६६ उजुरीमध्ये ३९४ उजुरीको मिलापत्रबाटै टुङ्गो लगाइएको थियो भने ७२ उजुरीलाई  प्रहरीले अदालत लगेको थियो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार यो वर्षको कात्तिक मसान्तसम्म चार महिनाको अवधिमा प्रहरीमा पुगेका १९३ मध्ये १५५ वटा उजुरी मिलापत्र गरेर पठाइएको छ । 

    प्रहरी कार्यालयको यो तथ्याङ्कबाट पनि प्रस्ट हुन्छ घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमा टुङ्गिएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका प्रमुख डिला विकले उजुरी बोकेर आउने अधिकांश महिलाले प्रहरीमा पुगेपछि बयान बदल्ने बताउनुभयो । “घरपरिवार, बालबच्चा र समाजका कारणले नै हिंसा सहेर भए पनि महिलाहरु मिलापत्रमा जान्छन्”, उहाँले भन्नुभयो । 

    प्रमुख विकका अनुसार प्रहरीमा आएका उजुरीबारे  पहिला पीडित महिलाको इच्छा सोधिने र मिल्नसक्ने उजुरीमा मिलापत्र गरेर पठाइन्छ । उजुरी दिए पनि प्रहरीमा आएपछि श्रीमान् देखेपछि अधिकांश महिला अगाडि बढ्न नचाहने गरेको उहाँले अनुभव सुनाउनुभयो । उहाँले  भन्नुभयो, “आमनेसामने बसेपछि श्रीमान्को बिलौना सुनेर पनि अधिकांश महिला मुद्दामा जान चाहँदैनन् ।” (रासस) 

सम्बन्धित समाचार

अन्तरिक्षमा ९० दिन बसेर तीन चिनियाँ यात्री पृथ्वी फर्किए
ज्ञान बिज्ञान

अन्तरिक्षमा ९० दिन बसेर तीन चिनियाँ यात्री पृथ्वी फर्किए

२०७८/०६/०२
यी ३ राशिका युवतीहरुसँगको प्रेम कहिले पनि सफल हुँदैन !
ज्ञान बिज्ञान

यी ३ राशिका युवतीहरुसँगको प्रेम कहिले पनि सफल हुँदैन !

२०७८/०४/२६
स्लिम र फिट कसरी हुने ? यस्तो छ सरल काइदा
ज्ञान बिज्ञान

स्लिम र फिट कसरी हुने ? यस्तो छ सरल काइदा

२०७८/०३/१९

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

नेपालका पहिलो गभर्नर जबराको निधन

नेपालका पहिलो गभर्नर जबराको निधन

10 hours ago
मधेश प्रदेशमा सरकार निमार्णमा जनमत पार्टी निर्णायक

मधेशका सांसदहरु विषयगत समितीमा बाडिने

10 hours ago
ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

ज्यान मार्ने प्रयास घटनाका आरोपितलाई ढल्केवर प्रहरीको संरक्षण, गिरफतार गर्न ढिलाई पीडितको आरोप

6 days ago
प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

प्रहरीको थुनुवा कक्षको पर्खाल फोडेर ६ थुनुवा फरार

6 days ago
कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

कुष्ठरोग मधेश प्रदेशको समस्या बन्दै, न्युनिकरणका लागि प्रदेश सरकार अग्रसर हुन जरुरी

1 week ago
अयोध्यामा निमार्णाधिन श्रीराम मंदिरमा नेपालको देवशिलाबाट रामलला प्रतिमा निमार्ण गरिने

जनकपुरधाममा महाआरती पश्चात्त देवशिला अयोध्यातर्फ प्रस्थान

1 week ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In