• गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर
No Result
View All Result
No Result
View All Result

स्लिम र फिट कसरी हुने ? यस्तो छ सरल काइदा

क्षीरेश्वरनाथ क्षीरेश्वरनाथ
असार १९, २०७८, ४:३८ PM
0
स्लिम र फिट कसरी हुने ? यस्तो छ सरल काइदा

अस्वस्थ जीवनशैली र खानपानको गलत तरिकाको कारण आजभोलि धेरै मानिसहरु मोटोपनाको शिकार भएका छन् । मोटोपनाको कारण शारीरिक बनावट भद्दा देखिन्छ । यस्तै मोटा मानिसहरुले विभिन्न स्वास्थ्य समस्या समेत झेल्नुपर्छ । यसकारण धेरैले आफ्नो तौललाई नियन्त्रण गरेर स्लिम र फिट रहन चाहन्छन् ।

यदि तपाइर्ं पनि मोटोपनाको समस्याले चिन्तित हुनुभएको छ र विभिन्न प्रयास गर्दा पनि तौल कम गर्न असफल हुनुभएको छ भने अब चिन्ता नगर्नुहोस् । आफ्नो प्रयासहरुमा थोरै मात्रै परिवर्तन गर्नुभयो भने तपाईंले आफूले चाहेको जस्तो परिणाम देख्न सक्नुहुन्छ । तौल कम गरेर आकर्षक र छरितो देखिन निम्न कुराहरुमा ध्यान दिन सकिन्छ ।

स्वस्थ खानपान र पर्याप्त व्यायाम

सबैभन्दा पहिले तौल धेरै हुनुका २ कारणहरु हुन्छन् भन्ने बुझ्नपर्छ । पहिलो, हामी जंक फुड धेरै खान्छौं र दोस्रो, हामी वर्कआउट वा शारीरिक व्यायाम गर्दैनौं ।

धेरै क्यालोरी हुने चिल्लो, मसालेदार, तारेको खानेकुराहरु खाने तर पर्याप्त शारीरिक व्यायाम नगरेपछि शरीरमा क्यालोरी जम्मा हुन्छ र मानिस मोटाउन थाल्छन् । त्यसैले स्वस्थ र सन्तुलित खानाहरु मात्रै खाने गरौं ।

त्यस्तै आजभोली हामी प्रविधिका गुलाम भएका छौं र जे काम गर्न पनि प्रविधिको भर पर्छौं । हामी शारीरिक श्रम गर्दैनौं । मोटोपनाले सताएपछि मात्रै हामी शारीरिक रुपमा धेरै सक्रिय हुने प्रण लिन्छौं तर, एक दुई दिन पछि नै फेरि अल्छी भैहाल्छौं ।

यदि तपाईं आफ्नो मोटोपना घटाएर स्लिम र फिट रहन चाहनुहुन्छ भने घरको काम हरु गर्ने र कम्तीमा पनि दिनको १० हजार कदम हिँड्ने बानी बसाल्नुहोस् । यस्तै छोटो दुरीको लागि गाडी, स्कुटी वा बाइक प्रयोग नगरौं ।

फिटनेशको कुनै सर्टकट शुत्र हुँदैन

फिटनेशको कुनै सर्टकट शुत्र हुँदैन । तपाई मोटोपना घटाउन चाहनुहुन्छ भने तपाईले पसिना बगाउनै पर्छ । नियमित जिम जानुहोस् र वेट ट्रेनिङको प्राक्टिस गर्नुहोस ।

आवश्यक परेमा पर्सनल ट्रेनर लिन नहच्किनुहोस् किनभने उनीहरु तपाईंको सामथ्र्यलाई हेरेर तपाईंसँग फ्लोरमा सही एक्सरसाइज गराउन सक्छन् । उनीहरुलाई सहि तरिकाले व्यायाम कसरी गर्ने भन्ने ज्ञान हुन्छ ।

उनीहरुले तपाईलाई राम्रोसँग ट्रेन गर्दै उत्साहित गराउँछन् । तपाई जब एक राम्रो प्रशिक्षकको साथमा काम गर्नुहुन्छ भने उनीहरुले तपाइर्ंको खानपान र व्यायाममा पनि उनी उचित ध्यान दिन्छन् । तपाईंले उनीहरुबाट धेरै सिक्न सक्नुहुन्छ ।

आफ्नो आहारमा प्रोटिन धेरै लिनुहोस् । धेरैजसो नेपालीमा प्रोटिनको कमी रहन्छ । प्रोटिनयुक्त खाना खानाले धेरै समयसम्म तपाईंको पेट भििरएको जस्तो लाग्छ । तपाई धेरै राम्रोसँग एक्सरसाइज गर्न पाउनुहुन्छ । जसले तपाईको उद्देश्यलाई राम्रोसँग पुरा गर्न मद्धत गर्छ ।

बिस्तरामा गएपछि आफ्नो दिमाग फोनमा नअल्झाउनुहोस् । सुत्ने समय हातमा फोन लिनाले तपाईको सुत्ने समय प्रभावित हुन सक्छ । निन्द्रा डिस्टर्ब गर्नुमा फोनको ठूलो हात हुन्छ भन्ने तपाईलाई थाहा नहुन पनि सक्छ ।

सुत्न ढिलो भयो वा निन्द्रा लागेन भने आफ्नो फोन अन्तै राखेर केवल सुत्नमा आफ्नो ध्यान केन्दि्रत गर्नुहोस् ।

फिटनेश मोडलहरुको नक्कल नगर्नुहोस्

इन्स्टाग्राममा सिकाइने फिटनेसमा धेरै भर नपर्नुहोस् । यसमा सत्यता धेरै कम हुन्छ र झुट धेरै हुन्छ । त्यसैले आफ्नो स्वास्थ्य राम्रो बनाउन ध्यान दिनुहोस् र आफ्नो तर्फबाट कोसिस गर्नुहोस् ।

कुनै फिटनेस मोडलको नक्कल नगर्नुहोस । उनीहरुमा धेरैले स्टेराइड लिन्छन र तपाईं यसबाट टाढा रहनुपर्छ । शान्त रहनुहोस र जीवनमा व्यवहारिक भएर तौल घटाउने वास्तविक प्रयास गर्नुहोस् ।

मोडल वर्षौंदेखि फिटनेसको ट्रेनिङ लिइरहन्छन र अधिकांश मोडल वर्षभरी स्टेराइड लिन्छन् । उनीहरुको फिगर नै उनीहरुको पहिचान हो भन्ने सम्भिmनुहोस् र २ महिनामै कुनै मोडल जस्तो फिगर पाउने आशा नगर्नुहोस् । त्यसैले सामाजिक सञ्जालमा देखिने मोडलहरुको नक्कलमा आफ्नो इनर्जी नलगाउनुहोस् ।

अव्यवहारिक लक्ष्य नलिनुहोस्

आफ्नो तौल कम गर्न र फिटनेसमा ध्यान दिन चाहनुहुन्छ भने ती मानिसको वरिपरि रहनुहोस् जो फिटनेसलाई गम्भिरतापूर्वक लिन्छन् । अनूभवी र तालिम लिएका साथीहरुले यसमा कुरा गर्छन । उनीहरुको विश्वास गर्नुहोस् जसले तपाईलाई फाइदा हुन्छ ।

फिटनेसको सौखिनले आफ्नो साथीहरुलाई आफ्नो तौल कम गर्ने संकल्प बताउँछन् । उनीहरुसंग तपाईंले मद्धत माग्नुहोस् र फिटनेसको सौखिन साथीहरुले तपाईको कस्तो मद्धत गर्छ हेर्नुहोस् । रमाईलो गर्दागर्दै स्लिम र फिट हुँदै जाने मजा लिनुहोस् ।

एउटा समय तय गर्नुहोस् । व्यवहारिक रुपले सोचेर अव्यवहारिक समयसीमा सेट नगर्नुहोस् । २ हप्तामा १५ किलोग्राम तौल कम गर्नु छ भनेर नसोच्नुहोस् किनभने यस्तो सोच निरर्थक छ ।

यस्तो लक्ष्य प्राप्त नभएको अवस्थामा तपाईको निराशा बढ्ने छ र फिटनेसको सबै उत्साह सकिन्छ किनकी यस्तो लक्ष्य अव्यवहारिक छ ।

सम्बन्धित समाचार

अन्तरिक्षमा ९० दिन बसेर तीन चिनियाँ यात्री पृथ्वी फर्किए
ज्ञान बिज्ञान

अन्तरिक्षमा ९० दिन बसेर तीन चिनियाँ यात्री पृथ्वी फर्किए

२०७८/०६/०२
कागजमा प्रतिवन्धित आरकेष्ट्रा,प्रहरी सुरक्षा घेरामै नचाउदै
बिचित्र संसार

कागजमा प्रतिवन्धित आरकेष्ट्रा,प्रहरी सुरक्षा घेरामै नचाउदै

२०७८/०६/०१
यी ३ राशिका युवतीहरुसँगको प्रेम कहिले पनि सफल हुँदैन !
ज्ञान बिज्ञान

यी ३ राशिका युवतीहरुसँगको प्रेम कहिले पनि सफल हुँदैन !

२०७८/०४/२६

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

प्रदेश सरकारको जनता आवासको अलपत्र योजनाले डोम समुदायका ७ घरपरिवारको विजोग

प्रदेश सरकारको जनता आवासको अलपत्र योजनाले डोम समुदायका ७ घरपरिवारको विजोग

3 days ago
मुखियापट्टीमा २२ घरपरिवारका १३६ मुसहरहरुको अवस्थित कष्टकर बसोवास, आवासको व्यवस्था मिलाउने गापा अध्यक्ष यादवको भनाइ

मुखियापट्टीमा २२ घरपरिवारका १३६ मुसहरहरुको अवस्थित कष्टकर बसोवास, आवासको व्यवस्था मिलाउने गापा अध्यक्ष यादवको भनाइ

3 days ago
शिक्षा सुधारका लागि प्रस्तावित विश्वविद्यालय फलदायी : शिक्षाविद

शिक्षा सुधारका लागि प्रस्तावित विश्वविद्यालय फलदायी : शिक्षाविद

4 days ago
लक्ष्मीनियाँमा राजनमुक्ति समुहका सयौं व्यक्ति माओवादी केन्द्रमा प्रवेश

लक्ष्मीनियाँमा राजनमुक्ति समुहका सयौं व्यक्ति माओवादी केन्द्रमा प्रवेश

4 days ago
धनुषामा नेपाली शिक्षक बलिदानी दिवस मनाइयो

धनुषामा नेपाली शिक्षक बलिदानी दिवस मनाइयो

4 days ago
वडाध्यक्ष र सचिव घुस रकमसहित गिरफतार

वडाध्यक्ष र सचिव घुस रकमसहित गिरफतार

5 days ago

सम्पर्क कार्यालय

नेपाल च्वाइस मेडिया प्रा.लि. द्वारा संचालित
www.knkhabar.com
र क्षिरेश्वरनाथ साप्ताहिक
जि.प्र.का. धनुषा दर्ता नम्बर : १८४/२०६८/०६९
कार्यालय : क्षिरेश्वरनाथ-५, धनुषा
सम्पर्क कार्यालय : जनकपुरधाम-११, धनुषा
सम्पर्क फोन. नं. : +९७७-९८४४१११८१६
इमेल : [email protected]
सुचना विभाग : दर्ता प्रक्रियामा

हाम्रो बारेमा

सम्पादक : दिपेन्द्र प्रसाद सिंह
सम्पर्क नं. : +977- 9804828421
सह-सम्पादक : जितेन्द्र प्रसाद सिंह
संवाददाता : बुधन साह
काठमाडौं संवाददाता : अशोक कुमार कर्ण
विज्ञापनका लागि:
इमेल : [email protected]

हामि सामाजिक संजालमा

Facebook Twitter Youtube Pinterest
  • Privacy Policy

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय समाचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • राजनीतिक
  • स्वास्थ्य/शिक्षा
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ज्ञान बिज्ञान
    • बिचित्र संसार
  • ई-पेपर

© 2019 Ksheereshwornath || Developed & Managed by || Surendra Singh || This Site has been visited hit web counter.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In