राष्ट्रिय ह्याण्ड बल प्रतियोगिताको पहिलो खेलमा नेपाली सेना र काठमाडौं विजयी


धनुषा, ०७६ फागुन ७ गते ।
जनकपुरधाममा बुुधवारदेखि मिरा गिरी राष्ट्रिय खुला पुरुष तथा महिला ह्याण्ड बल प्रतियोगिताको सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन नेपाली सेना र काठमाडौं बिजयी भएको छ । खेलको पहिलो दिन नेपाली सेनाले गण्डकी प्रदेश कास्कीलाई फराकिलो अन्तरले पराजित गरेको छ ।
बुधवार बिहान भएको खेलमा नेपाली सेनाले टस जितेर बल रोजेको थियो । नेपाली सेनाले निधारित समयमा ४५ गोल गरे । कास्कीले जम्मा १८ गोल गरी २७ मतान्तरले नेपाली सँग पराजित भएको थियो ।


बेलुका भएको दोश्रो खेलमा काठमाडौंले जनकपुरलाई पराजित गरेको छ । निधारित समयमा काठमाडौंले ४१ गोल गरेका थिए भने जनकपुरले २१ गोल गरेको थियो । जनकपुर काठमाडौं सँग २० गालेको अन्तरले पराजित भएको थियो ।
प्र्रतियोगिताको शुभारम्भ प्रदेश नं २ प्रदेश प्रमुख तिलक परियारले गर्नुभएको थियो । जारी प्रतियोगितामा महिला र पुरुष गरि जम्मा १६ वटा समुह सहभागि भएको छ । प्रतियोगिता जनकपुरधामस्थित रंगभुमि मैदानमा चार दिनसम्म चल्ने आयोजकले जनाएको छ ।

धेरै पढिएको

ताजा समाचार