शहिदनपाको राष्ट्रपति कप जनता एकाई प्राविधिक विद्यालयको कब्जामा


धनुषा, ०७६ फागुन १८ गते ।
धनुषाको शहिदनगर नगरपालिकामा नगर शिक्षा समितीद्वारा आयोजित अन्तर विद्यालय खेलकुद तथा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामाथि श्री जनता एकाई प्राविधिक माध्यमिक विधालयले कब्जा जमाउँदै प्रथम स्थान हासिल गरेका छन् ।
तीन दिवसीय खेलकुदको दोश्रो स्थानसहित कप जित्न सफल हुने श्री मुहुलिया माध्यमिक विद्यालय र पचहर्वाको माध्यमिक विद्यालय तृतिय स्थान प्राप्त गरेका छन् ।


विजेता विद्यालय र विद्यार्थीहरुलाई शहिदनगर नगरपालिका प्रमुख उदय कुमार बरबरिया, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेललगायतका अतिथीहरुले पुरस्कार प्रदान गरेका छन् ।
पुरस्कार वितरण गर्दै शहिदनगरका मेयर बरवरियाले विधार्र्थीहरुलाई गुणस्तरिय शिक्षण सिकाई वातावरणको साथै अतिरिक्त क्रियाकलापको लागि समेत नगरपालिका हरसम्भव आफनो प्रयत्न जारी राख्नेछ ।

धेरै पढिएको

ताजा समाचार