
दीपेन्द्रप्रसाद सिंह
०७६ मंसिर २३ गते ।
जनकपुरधाममा आयोजित १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताअन्तर्गत कुस्ती खेल सम्पन्न भएको छ । जनकपुरधाममा मंसिर २० गतेबाट सुरु भएको कुस्ती खेलमा विभिन्न तौल वटा स्वर्णका लागि चार दिनसम्म चलेको कुस्ती प्रतियोगितामा भारतले सबैभन्दा बढी १४ स्वर्ण पदक जितेका छन् ।
कुस्ती खेलमा श्रीलंका २ र पाकिस्तान ३ र नेपालले १ स्वर्णमा सफलता प्राप्त गरेका छन् । नेपालको तर्फबाट ५५ किलो तौलको समुहमा नेपालको तर्फबाट संगिता धामीले नेपालको तर्फबाट स्वर्ण पदक जितेकी हुन् ।
सोमवार महिलातर्फ ६८ केजी तौलको समूहमा भारतकी अनिता र पुरुष तर्फ ७४ केजी तौल समूहमा भएको खेलमा भारतकै गौरव बालियानले स्वर्ण पदक जितेका छन् । खेलमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाली खेलाडीले सहभागि भएका छन् ।