
दिपेन्द्रप्रसाद सिंह
धनुषा, ०७६ मङ्सिर २४ गते
जनकपुरधाम उमनपा १३ स्थित कबर्ड हलनजिकै बम विस्फोट घटनामा गम्भिर घाइते भई उपचारार्थ सोभित राउतका घाइते १० वर्षीय छोरा आलोक राउतको मङ्सिर २४ गते मृत्यु भएको छ । सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकै क्रममा मृत्यु भएको धनुषाका प्रहरी निरीक्षक उमाशंकर प्रसाद साहले बताउनुभएको छ । मङ्सिर २१ गते १३ औं एशियाली खेलकुद प्रतियोगिता स्थल नजिक राउतले पाएको बम खेलाउने क्रममा विस्फोट भएर गम्भिर घाइते भएका थिए ।
विस्फोटमा परि राउतको पेटको आन्द्रा बाहिर निस्केको र दुवै हात काम नलाग्ने गरि घाइते भएको घटनाका प्रत्यक्षदर्शी शम्भु दासले स्थलगत रिर्पोटिङमा जानुभएका इन्सेक टिमलाई जानकारी दिनुभयो ।
विस्फोटको क्रममा राउतका छिमेकी विकास कुमार साहका ६ वर्षीय छोरा अमित कुमार साह समेत घाइते भएका छन् । साहको जनकपुरस्थित जानकी मेडिकल कलेजमा उपचार गरिएको छ । उनको घाँटी र टाउकोमा चोट लागेको छ ।