जटही नाकामा कोरोना ‘हेल्प डेस्क’को स्थापना

धनुषा, ०७६ माघ २७ गते ।

जनकपुरधाम । धनुषाको सिमावर्ती क्षेत्र स्थित जटहीमा कोरोना भाईरस चेकजाच गर्नका लागि सहायता कक्षको शुक्रबार स्थापना गरेको हो ।

खुल्ला सिमावर्ती क्षेत्रको रुपमा रहेको प्रदेश नम्बर २ को अधिकांश सिमावर्ती क्षेत्रमा कोरोना भाइरसको निगरानी एवं चेक जाँचका लागि हेल्प डेक्स स्थापना गरेको हो ।

जटही नाकामा स्थापना गरिएको कोरोना भाइरस हेल्प डेस्कका लागि नगराईन नगरपालिका, प्रादेशिक अस्पताल जनकपुर र सशस्त्र प्रहरीको सहयोगमा हेल्प डेस्क संचालन गरेको नगराईन नगरपालिकाका नगरप्रमुख परमेश्वर यादवले जानकारी दिए ।

प्रदेश नम्बर २ को स्वास्थ्य निर्देशनालयको समन्वयमा महोत्तरीको १३ स्थानमा कोरोना भाइरस चेकजाचका लागि हेल्प डेक्स गरिएको छ ।

चीनमा खाना पकाउने भारतको विहार राज्यको सितामढी जिल्लाको चरौत निवासी एक युवामा कोरोना भारइसको लक्षण देखिएपछि प्रदेश नम्बर २ का अधिकांश मुख्य नाकाहरुमा कोरोना भाइरस चेजजाच स्थापना स्वरुप जटहीमा समेत हेल्प डेस्क स्थापना गरिएको नगर प्रमुख यादवले स्पष्ट पारे ।

धेरै पढिएको

ताजा समाचार