सप्ताहव्यापी प्रदेश स्तरीय योग शिविर जनकपुरमा सुरु

०७६मंसिर १९
जनकपुरधाम । जनकपुरमा ‘व्यक्तित्व विकास एवं आत्मरक्षा शिविर’ विहीबारदेखि सुरु भएको छ ।जनकपुरधाम स्थित वृहत्तर जनकपुर क्षेत्र विकाष परिषदको नव निर्मित सभा हलमा शिविरमा वृहत्तरका अध्यक्ष तथा पतंजलि योगपीठ नेपालका ट्रस्टी समेत रहेका शालिग्राम सिंहले व्यक्तित्व विकाष र आत्मरक्षाको लागि योग र योगा आवश्यक रहेको बताए ।

नित्य दिन योग गर्न आग्रह गर्दै सिंहले भने, ‘नित्य योग गर्नाले रोग समेत भाग्नेछ । पतंजलिका युवा संगठन युवा नेपाल समिति प्रदेश नं २ का संयोजक मोहन पांडेयको अध्यक्षतामा सुरु भएको शिविर सात दिन सम्म चलने अध्यक्ष सिंहले स्पष्ट पारे ।

प्रमुख अतिथिको रुपमा बोल्दै वृहत्तरका अध्यक्ष सिंहले जीवन बाच्न समेत योग अपरिहार्य रहेको बताए । आजदेखि सुरु भएको शिविरमा प्रदेश २ का झन्डै एक सय युवाहरु सहभागी रहेका छन ।
३० वर्ष मुनिका युवाहरुको सहभागीतामा सात दिनसम्म चल्ने शिविरमा योगका विधि प्रयोगात्मक माध्यमले जानकारी दिइनेछ ।

पर्सादेखि सप्तरीसम्म आठ जिल्लाका एक सय युवाहरुको आवास र भोजनको व्यवस्थासमेत पतञ्जलिका युवा संगठन युवा नेपाल समिति प्रदेश नं २ ले व्यवस्थापन गरेका छन् । उद्घाटन सत्रमा प्रदेश सभा सदश्य कौशल यादव, पतंजलि योग समितिका राष्ट्रीय अध्यक्ष (प्रभारी) लव देव मिश्र , युवा राष्ट्रीय प्रभारी ललित शंकर योगी, सहसंयोजक लोक नाथ खनाल , धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीप कनेल, पतंजलि योग पीठ हरिद्वार की साध्वी देव विजया, समाजसेवी अमर चन्द्र अनिल लगायतका व्यक्तिहरुको उपस्थिति रहेको छ ।

धेरै पढिएको

ताजा समाचार