काठमाडौं, 24 मंसिर । पाकिस्तानका ९० लाख बिरामीका लागि बेलायतले तयार पारेको टाइफोइड रोगविरुद्ध प्रतिरोध क्षमता विकसति गराउने नयाँ भ्याक्सिनको परिक्षण नेपालका २० हजार बालबालिका र किशोरकिशोरीमाथि गरिएको तथ्य खुलेको छ ।
यस्तो परिक्षणमा नेपालको कानुनी स्वीकृतिको त कुरै छाडौं सामाजिक दृष्टिकोणबाट पनि जोखिमबारे केही जानकारी गराइएको थिएन । यो परिक्षणमा अमेरिकी गैर सरकारी संस्थ ाबिल एन्ड मेलिन्डा गेट्स फाउन्डेशनको आर्थिक सहयोगमा अक्स्फोर्ड विश्वविद्यालयसहित नेपालका चिकित्सक पनि सहभागी हुनुले झनै चर्चाको बिषय बनेको हो ।
जसको तिव्र प्रयोग ललितपुरस्थित पाटन अस्पतालमा गरिएको विवरण बीबीसीले उल्लेख गरेको छ ।
यसलाई टाइफ ोइड कन्जुगेट भ्याक्सिन (टीसीभी)को नाम दिइएको छ । दुई बर्षसम्म नेपालमा यसलाई परिक्षणको दौरानमा विभिन्न व्यक्तिमा प्रयोग गरिएको थियो । जसको प्रयोग सन् २०१७ खेखि २०१९ सम्म पाटन अस्पतालमा गरिएको थियो ।
नेपालमा विगतमा मुख्यतः बाँदरमा गरीएका केही भ्याक्सीन परीक्षणहरू विवादमा परेका थिए । त्यसैले यो परीक्षणबारे उठ्न सक्ने पहिलो प्रश्न यो हो – के त्यो परीक्षणको क्रममा नेपालको सबै विधिविधान पालना गरिएका थिए ?
परीक्षणमा सहभागी चिकित्सक डा. बुद्ध बस्नेतका अनुसार विगतमा भ्याक्सीन तथा खोप परीक्षणहरू विवादमा परेको नेपालको पृष्ठभूमिमा ‘पाइलापाइलामा’ लक्षित समुदाय तथा अभिभावकहरूको ‘परामर्श तथा अनुमति लिइएको’ बीबीसीमार्फत बताएका छन् ।
तर कतिपय बिरामीलाई भने यो भ्याक्सिन परिक्षणको थियो भन्ने थाहा नै छैन ।