
दिपेन्द्रप्रसाद सिंह
जनकपुरधाम, मंसिर २६ गते । महोत्तरीको जिल्लाको औरही गाउँपालिका वडा नं. ९ स्थित श्री जनता आधारभुत विद्यालय अगलेसरामा नेपालको झण्डा र लाउड स्पिकर प्रदान गरिएको छ । शिक्षा अभियन्ता राधा कोइरालाको सक्रियता र स्थानियवासिन्दाहरुको सहयोगमा अगलेसराका १६८ घरपरिवारबाट रु ३० रुपैयादेखि पाँच सयको दरले अभिभावकबाट उठाएको चन्दाबाट विद्यालयमा सो सामाग्री प्रदान गरिएको स्थानिय युवा जयकुमार मण्डलले जानकारी दिएको हो ।
विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुको घर घरमा पुगेर अभिभावकसंग भेटेर विद्यालयमा आवश्यक पर्ने सामाग्रीका लागि चन्दाका लागि एक हप्ते अभियान संचालन गरिएको थियो । चन्दा संकलन अभियानको क्रममा १६८ अभिभावकहरुले रु.३० देखि पाँच सयसम्म सहयोगबाट जम्मा रकम १६ हजार ७ सय ८० संकलन गरिएको थियो ।

अभिभावकबाट प्राप्त सहयोग रकमले नेपालको झण्डा र विद्यालयमा प्रार्थनाको समयको साथै अतिरिक्त क्रियाकलापको लागि आवश्यक रहेको लाउड स्पिकर खरिद गरि विद्यालयमा हस्तास्तरण गरिएको छ । विद्यालयमा एक कार्यक्रमको आयोजना गरि शिक्षा अभियन्ता राधा कोइरालाले औरही गाउँपालिका वडा नं. ९ का अध्यक्ष गौरीशंकर झा, विद्यालय व्यवस्थापन समिती अध्यक्ष प्रमोद कुमार मण्डलको हातबाट विद्यालयलाई हस्तान्तरण गरेको विद्यालयका शिक्षक गणेश कुमार मण्डलले जानकारी दिएका छन् ।

विद्यालयमा नेपालको झण्डा र लाउड स्पिकर हस्तान्तरणले गर्दा विद्यालयका विद्यार्थीहरु खुशी भएका छन् । यसैविच, कक्षा ५ मा अध्ययनरत विद्यार्थीहरुलाई विगत ६ वर्षदेखि शैक्षिक भ्रमण गराउँदै आएको छ । जनकपुरधामको विभिन्न ठाउँमा शैक्षिक भ्रमण समेत गराइएको छ ।विद्यालयका विद्यार्थीहरुलाई बस भाडा गरेर एक दिन जनकपुरधामको केही शैक्षिक संस्था, प्रदेश कार्यालय, पुरानो रेल्वे स्टेशन, जानकी मंदिर, राममंदिर, गंगासागर पोखरीलगायतको ऐतिहासिक ठाउँहरुमा अध्ययन अवलोकन गर्न लगाएको शिक्षा अभियन्ता राधा कोइरालाले बताइन् ।
दलित, गरिव परिवारका विद्यार्थीलाई आवश्यक पर्ने शैक्षिक सामाग्री उपलब्ध गराउन स्वयसेवकको रुपमा स्थानिय युवा स्थानिय जयकुमार मण्डलले सहयोग गर्दै आएको छ । विद्यालयमा कक्षा २ मा पढ्ने विद्यार्थीहरुलाई विगत ७ वर्षदेखि किताव कापी सुरक्षित राख्न झोला समेत प्रदान गर्दै आएको छ । कक्षा ४ का विद्यार्थीहरुलाई २ वर्षदेखि सरसफाईको लागि किट बक्ससहितको सामाग्री प्रदान गर्ने गरेको छ ।
विद्यालयमा कक्षा २ मा पढ्ने विद्यार्थीहरुलाई विगत ७ वर्षदेखि किताव कापी सुरक्षित राख्न झोला समेत प्रदान गर्दै आएको छ । कक्षा ४ का विद्यार्थीहरुलाई २ वर्षदेखि सरसफाईको लागि किट बक्ससहितको सामाग्री प्रदान गर्ने गरेको छ ।