
०७६ मंसिर २७ गते ।
देशको पश्चिमी भेगबाट प्रवेश गरेको नयाँ मौसमी प्रणालीले जनकपुरधामलगायत तराई मधेशको मौसम चिसो भएसंगै सिमसिमे पानी पर्दैछ । देशको हिमाली भेगमा भारी मात्रामा हिमपात समेत भएको छ । जनकपुरधाममा सिमसिमे पानीको झरीसंगै चिसोपन बढेको छ ।
नेपालमा पश्चिमी वायुको प्रभाव बुधबार रातिबाट प्रवेश गरेकोले पश्चिम न्यून चापीय प्रणालीको प्रभावले शुक्रबार बिहानैदेखि हिमाली भेगमा हिमपात तथा तराई र पहाडका क्षेत्रमा वर्षा र शीतलहर सुरु भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
जनकपुरधामलगायत तराइको जिल्लाहरुमा विहानदेखि सूर्यको प्रकाश पृथ्वीमा आउन सकेको छैन । यसैविच, नेपालको हिमाली क्षेत्र मुस्ताङको न्यूनतम तापक्रम माइनस १५ डिग्री सेल्सियमा झरेको छ । मुस्ताङमा भएको हिमपातले चारैतिर बाक्लो मात्रामा बरफ जमेको छ ।