जनकपुरमा सूर्यग्रहण

जनकपुरधाम । लक्ष्य कैरियर एजुकेशन एण्ड रिसर्च सेन्टर, जनकपुरधाम–४ ले प्रदेश नं. २ को राजधानी जनकपुरधाममा एक दिने सूर्यग्रहण कार्यशाला सञ्चालन गरेको छ ।

आउँदो पुष १० गते विहीवारको दिन विहान ८ः४१ बजे देखि ११ः२१ बजे सम्म लाग्ने सूर्यग्रहणलाई अवसर पारेर सो सम्बन्धि वैज्ञानिक तथ्यहरुलाई क्रियाकलाप मार्फत जनकपुरधामका बिभिन्न विद्यालयमा पढ्ने कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरुलाई लक्षित गरेर कार्यशाला सञ्चालन गरेका छ ।

कार्यशाला जिल्ला समन्वय समितीको सभाकक्षमा सञ्चालन गरिएको थियो भन्ने यसमा लोजिस्टिक पार्टनर ईन्क्रेडिबल मिथिलाले गरेको थियो ।

कार्यशालामा सहभागी विद्यार्थीहरु लाई टेलिस्कोप र ईक्लिप्स ग्लासको माध्यमले अहिले देखिने सूर्य देखाईएको थियो भन्ने सो ही पद्धती मार्फत आउँदो सूर्य ग्रहण प्रत्यक्ष अबलोकन गर्नका लागि रा.रा.व. क्याम्पसको प्राङ्गणमा अबलोकन कार्यक्रम समेत गर्नेछ ।

सूर्यग्रहण सम्बन्धि समाजिक जनचेतना उजागरका निम्ती रा.रा.व. क्याम्पसको प्राङ्गणमा आउँदो पौष १० गते बिहान ८ः३० बजे सञ्चालन गरिने उक्त अबलोकन कार्यक्रममा अन्तरिक्ष विज्ञान तर्फ अभिरुची राख्ने विद्यार्थी, प्रध्यापक तथा हरेक बर्ग तथा समुदायका अभिरुचिकर्ताहरुलाई आमन्त्रण समेत गरिएको छ ।

धेरै पढिएको

ताजा समाचार