
धनुषा । ०७६ पुस ८ गते
काठमाडौँ । संसारमा धेरै यस्ता मानिसहरु छन् जो बिहान एक कप कफिबाट आफ्नो दिनको सुरुवात गर्छन् । तर कफी स्वास्थ्यको लागि कति महत्वपूर्ण छ ?यसको सेवनले हाम्रो स्वास्थ्यमा कस्तो फाइदा गर्छ यस बारेमा धेरैलाई थाहा नहुन सक्छ । हालै एउटा नयाँ अध्ययनले के निष्कर्ष दियो भने– हरेक दिन एक कप कफी पिउँदा शरीरको फ्याटसँग लड्ने तत्व उत्तेजित हुन्छ । उक्त ‘डिफेन्स’ले मोटोपनाका साथै डायबिटिजसँग लड्नसमेत मद्दत गर्छ, साइन्टिफिक रिपोर्ट्स नाम दिइएको अध्ययनले बताएको छ ।
मानव शरीरको एउटा अहम् हिस्सा हो, ब्राउन फ्याट फङ्क्सन । यसले तीव्र गतिमा क्यालोरी कम गरेर इनर्जीमा बदलिदिन मद्दत गर्छ । र, कफीमा यस्तो कम्पोनेन्ट पाइन्छ, जसको ब्राउन फ्याट फङ्क्सनमा सीधा असर पर्छ । मानव शरीरमा दुईखाले फ्याट पाइन्छ । एक, ब्राउन एडिपोज टिस्यु ९बीएटी०, जसलाई ब्राउन फ्याट पनि भनिन्छ । यसको मुख्य काम शरीरमा ताप उत्पन्न गर्ने हो, जसले क्यालोरीलाई ‘बर्न’ गरिदिन्छ । जसको शरीरमा बीएमआई ९बडी मास इन्डेक्स० कम हुन्छ, उसमा ब्राउन फ्याट अधिक हुन्छ । युनिभर्सिटी अफ नटिङ्घमका प्राध्यापक तथा यो अध्ययनका निर्देशक माइकल साइमन्ड्स भन्छन्, ‘‘ब्राउन फ्याट शरीरमा फरक किसिमको काम गर्छ र ताप पैदा गरेर सुगर तथा फ्याट बर्न गर्न मद्दत गर्छ । जब यो ब्राउन फ्याटको क्रियाकलाप बढ्न जान्छ तब यसले शरीरको ब्लड सुगरको तह पनि राम्रो हुन पुग्छ ।
साथै, अतिरिक्त क्यालोरी पनि बर्न हुन्छ, जसले मानव तौल घटाउन मद्दत पुग्छ ।’’ यसकारण पनि दैनिक एक कप कफीले ब्राउन फ्याट फङ्क्सनमा सीधा असर गर्ने उनको भनाइ छ । पछिल्लो समय मोटोपनाको सिकार बन्ने क्रम बढ्दो छ । यसकै कारण डायबिटिजको समस्या पनि तीव्र हुन पुगेको छ । साइमन्ड्स भन्छन्, ‘‘कफीमा पाइने क्याफिन एउटा यस्तो इन्ग्रेडियन्ट हो, जसले ब्राउन फ्याटलाई उत्तेजित पारिदिन्छ र त्यसलाई सक्रिय पार्न स्टिम्युलसको काम पनि गरिदिन्छ । यसकारण यो कम्पोनेन्टको प्रयोगबाट तौल घटाउन र ग्लुकोज रेग्युलेसनमा पनि मद्दत पुग्छ ।’’