
काठमाण्डौं, ०७६ चैत्र ३ गते । नेपालस्थित अमेरिकी दूतावासले सबै भिसा प्रक्रिया रद्द गरेको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको प्रकोपका कारण आगामी सूचना जारी नभएसम्मका लागि डाइभर्सिटी भिसा (डीभी) तथा गैरआप्रवासी भिसाका लागि नियमित ‘अपोइन्टमेन्ट’ रद्द गरेको जनाएको छ ।
दूतावासले एक सूचना जारी गर्दै चैत ४ (भोली) देखि लागू हुने गरी भिसा प्रक्रिया रद्ध गरेको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, “जतिसक्दो चाँडो भिसा सेवा पुनःसञ्चालन गर्नेछौं । तर, अहिले नै समय र मिति तोक्न असमर्थ छौं ।”
दूतावासले अति जरुरीले तुरुन्तै यात्रा गर्न आवश्यक परेको खण्डमा आकस्मिक अपोइन्टमेन्टका लागि अनुरोध गर्न निश्चित निर्देशन पालना गर्नुपर्ने पनि सामाजिक सञ्चालमा जनाएको छ ।
दूतावासले एमआरभी शूल्क जुन मुलुकमा भुक्तानी गरिएको हो सोही मुलुकमा भुक्तानी मितिको एक वर्षसम्म भिसा आवेदनका निम्ति मान्य हुने पनि जनाएको छ ।