
एजेन्सी, ०७६ चैत्र ९ गते ।
काठमाडौं– गत डिसेम्बरमा चीनको हुबेई प्रान्तको वुहान सहरमा देखिएको कोरोना भाइरस संक्रमणबाट शनिबार दिउँसोसम्ममा ११ हजार चार सय २३ जनाको ज्यान गइसकेको छ।
वर्ल्ड ओमिटरडटइन्फोका अनुसार विश्वभरका दुई लाख ७७ हजार ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये एक लाख ७३ हजार ६ सय ४६ अझै संक्रमित छन्।
विश्वभरका एक सय ८५ देश तथा टेरिटोरी (क्षेत्र)मा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये १६ देश यस्ता छन्, जहाँ शनिबार दिउँसाेसम्म एक–एक जना मात्रै कोरोना संक्रमित छन्।
नेपालमा पनि एक जनामा कोरोना संक्रमण पुष्टि भए पनि ती व्यक्ति उपचारपछि स्वस्थ भएर घर फर्किसकेका छन् ।
यी हुन् एक जनामात्रै कोरोना संक्रमण भएका देश
अंगोला
एन्टिगुआ और बारबुडा
कैबो वडे
चाड
जिबुती
गाम्बिया
भेटिकन सिटी
मोन्टसेराट
नाइजर
पपुआ न्युगिनी
सेन्ट विन्सेन्ट ग्रेनेडाइन्स
सिन्ट मार्टन
सोमालिया
एस्वतिनी
तिमया–लेस्ते
जिम्बाब्वे