
धनुषा, ०७६ चैत्र ११ गते ।
विश्वव्यापी रुपमा फैलिदै गएको कारोना भाइरस नियन्त्रणका लागि भारत सरकारले १५ हजार करोड रुपैयाको अक्षयकोषको घोषणा गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीयबासिको नाममा दोश्रो पटक सम्बोधन गर्दै भारत सरकारले १२ बजे रातिदेखि १४ अप्रिलसम्म लक डाउनको घोषणा गरेका छन् ।
भारतीय प्रधानमन्त्रि मोदीले भने आपको बचानेके लिए, आपकी परिवारके बचाने, देशवासीको बचानेके लिए, जनता कयुर्फी से भी एक कदम अगाडी कयुर्फी जारी गरेको घोषणा गरेका छन् ।
राज्यका सम्पूर्ण जनतालाई बचाउनका लागि हात जोडेर प्रार्थना गर्दै प्रधानमन्त्रि मोदीले तपाई जहाँ हुनुहुन्छ, जे अवस्थामा हुनुुहुन्छ त्यही अवस्थामा घर भित्रै बस्नुहोस र सुरक्षित रहन देशवासीमा आग्रह गरेका छन् ।
२१ दिनसम्मको समय निकै महत्वपूर्ण रहेको भन्दै यो २१ दिनसम्म हामीले रोक्न नसकेको खण्डमा २१ वर्ष हामी पछाडि पर्न सक्छौ, लाखौ करोडौ जनता घरबार विहिन हुन सक्ने भन्दै भारतीय प्रधानमन्त्रि मोदीले २१ दिनसम्म बाहर निस्कन विर्सिनको लागि आग्रह गरेका हुन् ।
घरको ढोकामा लक्ष्मण रेखा खिचिएको छ ।
तपाइको एक कदमले कोरोना जस्तो भाइरसले तपाइलाई संक्रमण गर्न सक्छ भन्ने ध्यानमा राखेर तपाई कतै बाहिर ननिस्कनुहोस भन्ने आग्रह गरेका छन् । एक ब्यानर देखाउँदै प्रधानमन्त्रि मोदीले कोइ रोड पर ना निकले भन्दै सवैलाई आफु परिवारको सदस्यको नाताले आग्रह गरेको बताए ।