भारतमा कोरोना संक्रमित १२ जनाको मृत्यु, ६ सय ८२ जना संक्रमित

भारतमा लकडाउनका विच कोरोना संक्रमितको संख्या बढ्दै, सावधानी अपनाउन आग्रह


धनुषा, ०७६ चैत १३ गते ।
विश्वव्यापी रुपमा फैलिदै गरेको कारोना भाइरसको नयाँ संक्रमण हुन नदिन भारतभर २१ दिनको लकडाउन घोषणा गरिए पनि संक्रमितको संख्या बढि रहेको छ । भारतमा अहिलेसम्म कोरोना भाइरस लागेर १२ जनाको मृत्यु भई सकेको भारतीय सरकारले पुष्टि गरेका छन् ।


भारतमा बुधवार रातिसम्म ६ सय ८२ जनामा कोरोना संक्रमित भएको भारत सरकारले जनाएको छ । संक्रमितहरुको भारतको विभिन्न अस्पतालमा उपचार भई रहेको छ । संक्रमित धेरै जनाको अवस्थामा गम्भिर रहेकाले मृतकको संख्या बढ्ने अनुमान छ ।


भारतमा कोरोनाबाट सबैभन्दा बढी केरल राज्य, महाराष्ट्र राज्यमा बढी संक्रमित पाइएको छ । हालसम्म महाराष्ट्र राज्यमा ११२ जना र केरलमा १०५ जना संक्रमित भएका छन् ।


राजधानी दिल्लीमा एक चिकित्सक पनि कोरोना पोजेटिभ भेटिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । दिल्ली सरकारको कार्यक्रम मोहल्ला क्लिनिकका चिकित्सक पोजेटिभ भेटिएपछि उनीसँग स्वास्थ्य परीक्षण गराएका विरामीहरुलाई पनि क्वारेन्टाइनमा राखिएको जनाइएको छ ।


भारतमा लक डाउनका विच पनि कोरोना संक्रमितहरुको संख्या दिनप्रतिदिन बढि रहेकाले गर्दा सवैजनालाई सर्तकता अपनाउनुको साथै धैर्यता राख्न भारतका प्रधानमन्त्रि नरेन्द्र मोदीले आह्वान गरेका छन् । उनले प्रत्यक्ष जनतासंग समेत अनलाइन र टिभीमार्फत कुराकानी गर्दै आएका छन् ।


प्रधानमन्त्रि मोदीले सामाजिक संजालमार्फत समेत सम्पूर्ण जनतालाई धैर्यताका साथै आफनै घरभित्र रहन आह्वान गर्दै आएका छन् । कोरोना भाइरसका महामारीविरुद्ध भारत सरकार लड्न अग्रसर रहेको प्रधानमन्त्रि मोदीले लगातार आफनो वक्तब्य जारी गर्दै आएका छन् ।

धेरै पढिएको

ताजा समाचार