
धनुषाका एक युवक विदेशमा नेपालीहरुको छाता सँगठन गैर आवासीय नेपाली संघ (एनआरएनए) को बोर्ड अफ डायरेक्टरमा मनोनित भएका छन् ।
धनुषा जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ५ बस्ने कृष्णा ठाकुर गैर आवासीय नेपाली संघको बोर्ड अफ डायरेक्टरमा नियुक्त भएका हुन् । खाडी मूलुक युएईमा बस्दै आएका ठाकुर हालै सम्पन्न गैर आवासीय नेपालीहरुको निर्वाचनबाट उनलाई योग्यताको आधारमा नियुक्त गरिएको हो ।
गैर आवासीय नेपाली संघको बोर्ड अफ डायरेक्टर जस्तो गरिमामय पदमा नियुक्त भएको भन्दै उनका निकटम व्यक्ति, साथीसँगत, आफन्तहरुबाट बधाईको ओईरो लागेको छ । यस सन्दर्भमा बोल्दै ठाकुरले आफनो लागि ठुलो उपलब्धी भएको प्रतिक्रिया दिएका छन् ।