नाइजरको सैन्य क्याम्पमा आतंकवादी हमला, ७१ जना मारिए

(एजेन्सी)

मालीको सिमाना नजिकै पश्चिमी तिलाबेरी क्षेत्रमा नाइजर सेनाको शिविरमा गरिएको  आतंकवादी हमलामा ७१ सैनिकहरू मारिएको समाचार छ । आतंकवादीहरूले सेनाका शिविरमा तोपका गोला र मोर्टार आक्रमण गरेको बताइएको छ । हतियार आक्रमण र शक्तिशाली विस्फोटका कारण धेरै सैनिक मारिए । कुनै आतंकवादी समूहले अझैसम्म हमलाको जिम्मेवारी लिएको छैन ।

नाइजरको सेना मालीको पश्चिमी क्षेत्रमा रहेका इस्लामिक स्टेटसँग सम्बद्ध लडाकु र दक्षिणपूर्वमा बोको हराम आतंकवादीहरूविरूद्ध लडिरहेका छन् । नाइजरको राष्ट्रिय टेलिभिजन च्यानलमा नाइजर रक्षा मन्त्रालयका प्रवक्ताले सशस्त्र आतंकवादी दर्जनौं गाडीमा आएर तहाउ क्षेत्रको सैन्य क्याम्पमा हमला गरेको बताए ।

उनले थपे, ‘तीन घण्टासम्म भीषण गोलाबारी भयो । यस क्रममा नाइजर सुरक्षा बलले पनि प्रहार गरे । अन्त्यमा आक्रमणकारी त्यहाँबाट भागे ।’ सेनाले उनीहरूको विस्फोटक पदार्थ भरिएको एक वाहन पनि जफत गरेको उनले बताए ।

भनिन्छ, आतंकवादीहरूले सैन्य शिविरमा तोपका गोला र मोर्टारले हमला गरेका थिए । हालसम्म कुनै पनि आतंकवादी संगठनले हमलाको जिम्मेवारी लिएको छैन । सैन्य शिविरमा भएको आतंकवादी हमला खबर सुनेर नाइजरका राष्ट्रपति इसोफु मोहम्मदले आफ्नो मिस्रको यात्रा बीचैमा रद्द गरेका छन् ।

धेरै पढिएको

ताजा समाचार