मलेसियामा समस्यामा परेका कामदारलाई दुतावासमा सम्पर्क राख्न आग्रह

काठमाडौँ : नेपाली श्रमिकको आकर्षक गन्तव्य मानिएको मलेसियामा रोजगारीका लागि हजारौ श्रमिक विदेशिने गरेका छन् ।

यदि तपाइँ पनि बैदेशिक रोजगारीको क्रममा मलेसिया हुनुहुन्छ र समस्यामा पर्नु भएको छ भने मलेसिया स्थित नेपाली दूतावासमा आफ्नो गुनासो राख्न सक्नुहुन्छ ।

त्यसको लागि मलेसिया स्थित नेपाली दूतावासको वेबसाइटमा गएर आफ्मो समस्या राख्न सक्नुहुन्छ ।

https://my.nepalembassy.gov.np/ यो लिंकमा क्लिक गरिसकेपछि श्रमिक गुनासो भने शिर्षक आउँछ । त्यसपछि त्यसको मुनितिर आफ्नो पुरा नामथर राख्नुहोस ।

नाम राखिसकेपछि राहदानी नम्बर लेखेको ठाउँमा आफ्नो राहदानी लेख्नुहोस । त्यसपछि आफ्नो फोन नम्बर राख्नुहोस,र त्यसकै मुनितिर आफू बसोबास गर्ने ठेगाना लेख्नुहोस ।

रोजगारदाताको नाम/डाईरेक्टरको नाममा आफू काम गरिरहेको कम्पनीको डाईरेक्टरको नाम उल्ल्लेख गर्नुहोस । त्यसपछि आफ्नो समस्या के हो त्यसलाई उक्त अप्संनमा लेखेर पेस गर्नुहोस ।

धेरै पढिएको

ताजा समाचार