सेनाको हेलिकप्टर दुर्घटना हुँदा ११ जनाको मृत्यु

धनुषा,०७७ फागुन २१ गते । टर्कीमा सेनाको हेलिकप्टर दुर्घटना हुँदा ११ जनाको ज्यान गएको छ ।

दक्षिण पूर्वी बिट्टालिस प्रान्तमा हेलिकप्टर दुर्घटना हुँदा ११ जना सैनिकको ज्यान गएको र २ जना घाइते भएका त्यहाँको रक्षा मन्त्रालयलाई उदृत गर्दै अलजजिराले जनाएको छ ।

हेलिकप्टर दुर्घटनाको कारण खुल्न बाँकी छ । ज्यान गुमाउनेमा सेनाका  उच्च अधिकारीसमेत रहेको खबरमा उल्लेख छ । 

धेरै पढिएको

ताजा समाचार