विवाह पञ्चमीको शुभ अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न

ढल्केवर, १३ मंसिर : धनुषाको मिथिला नगरपालिका २ नक्टाझिज हिमालय यूवा क्लवको आयोजनामा दलित समाज उत्थान समिति ेपालको संयोजन यू एन डिपी नेपालको सहयाृगमा विवाह पञ्चमीको शुभ अवसरमा मि.न.पा. २ वडा कार्यलयमा र्वक्षारोपन तथा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।

सामाजिक सदभाव तथा लोकतान्त्रिक सहभागितात्मक कार्यक्रम अन्र्तगत हिमालय क्लवमा संचालन रहेको सुचना केन्द्रका सदस्यहरु एक्त कार्यक्रममा सहभागी रहेका थिए भने हिमालय यूवा क्लवको अध्यक्ष अरुण कुमार महतोको अध्यक्ष्यता तथा मि.न.पा. २को वडा अध्यक्ष बिहारी महतोको प्रमुख आतिथित्वमा,दलित समाज उत्थान समिति नेपालको कार्यक्रम संयोजक मनोज दास वडा सदस्य सावित्रःी देवी महतो ,हिमालय बहुउध्ेश्य सहकारी संस्था लिमिटेडको अध्यक्ष सत्यनारायण राय ,सदस्य अजय कुमार महतो,फ्रेस कुमार महतो,लव कुमार महतो, राकेश कुमार महतो,उर्मिला देवी राय लगायतका संयौका संख्यामा उपस्थित रहेका थिए ।

कार्यक्रममा निम पाँच ओटा,कटहल पाँच ओटा,पेल्टोफर्म एघार ओटा ,राजबृक्ष एघार ओटा ,म्यांगौस्टिम एघार ओटा ,गोल्डमोहर आठ ओटा गरी जम्मा एकावन ओटा वृक्षारोप्न गरियो ।यी वृक्षहरु डिभिजन वन कार्यालय धनुषाले उपल्बध गराएका थिए ।

धेरै पढिएको

ताजा समाचार