
दीपेन्द्रप्रसाद सिंह
जनकपुरधाम : घुस रकमसहित रंगेहात नेपाल प्रहरीका इन्सपेक्टरलाई जनकपुरबाट अख्तियार दुरुपपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।
प्रहरी इन्सपेक्टर रामकिशोर साहलाइ शुक्रवार अख्तियारको टोलीले ९० हजार घुस रकम लिदै गर्दा उनलाई पक्राउ गरेको हो जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत इन्सपेक्टर साह घुस रकम लिन जनकपुर आएका वेला उनलाई पक्राउ गरेको हो ।
जनकपुरधाम उपमहानगरपालिका–८ बाट घुस रकम लिदै गर्दा अख्तियारले नियन्त्रणमा लिएको हो । ठगीसम्बन्धि मुद्दामा सहयोग गरिदिने भन्दै उनी जनकपुर घुस रकम लिन आएको अख्तियारको बर्दिबासस्थित कार्यालयले जनाएको छ ।
यता, सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयेजना कार्यान्वायन इकाई धनगढीका इन्जिनियर त्रिलोक जोशी दुई लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । उनलाई समेत अख्तियार आयोगको कार्यालयबाट खटिएको टोलीले घुस सहित रंगेहात पक्राउ गरेको हो ।