साढे दुई लाख ‘घुस’सहित इन्जिनियर समातिए


कैलाली, मंसिर १३ । कैलालीमा दुई लाख ५० हजार रुपैयाँ घुस रकमसहित एकजना इन्जिनियर पक्राउ परेका छन् ।

धनगढीस्थित सहरी विकास तथा भवन निर्माण विभागमा कार्यरत् इन्जिनियर त्रिलोक जोशी पक्राउ परेका हुन् ।

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले शुक्रबार कार्यालयबाटै पक्राउ गरेको जनाइएको छ ।

अख्तियारका अनुसार सेवाग्राहीबाट घुसवापत्को सो रकम लिँदै गर्दा उनी रंगेहात समातिएका थिए ।

नियन्त्रणमा लिएर उनलाई अख्तियारको क्षेत्रीय कार्यालय कन्चनपुर लगिएको अख्तियारले जनाएको छ ।

धेरै पढिएको

ताजा समाचार