विमान दुर्घटना,सयजना यात्रु बोकेको

एजेन्सी

सियाली मुलुक कजाकस्तानमा करिब एक सय यात्रु बोकेको विमान दुर्घटना भएको छ ।

अल्माटी विमानस्थलमा टेक अफ् गर्ने क्रममा बेक एअरलाइनको हवाई जहाज दुई तले भवनमा ठोक्किएर दुर्घटना भएको हो ।

राजधानी नुरसुल्तानका लागि उडेको जहाजमा ९५ यात्रु र पाँच चालक दलका सदस्य थिए। दुर्घटनामा परी सात जनाको मृत्यु भएको पुष्टि भएको छ भने जीवितहरूको उद्धार प्रयास जारी रहेको छ।

अहिले घटनास्थलमा आपतकालीन सेवा सञ्चालन गरिएको छ । दुर्घटनाग्रस्त विमान कजाकस्तानको ठूलो शहर अल्माटीबाट राजधानी नुरसुल्तान जाने क्रममा थियो ।

धेरै पढिएको

ताजा समाचार