
धनुषा,०७९ कात्तिक १७ गते । पाकिस्तानमा सुरक्षा चुनौती देखिएको छ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई ज्यान मार्ने उद्धेश्यले गोली प्रहार गरिएको छ । पूर्व प्रधानमन्त्रिको ज्यान खतरामा परेको छ ।
पूर्वप्रधानमन्त्रि खान सवार गाडीलाई लक्षित गरि प्रहार गरिएको गोली उनको खुटटामा लागेको छ । साथै उनका अन्य समर्थकहरुलाई समेत गोली लागेको छ । पूर्वप्रधानमन्त्रि खानको उपचार भई रहेको र स्वास्थ्य अवस्था खतरामुक्त रहेको उपचारमा सलग्न चिकित्सकहरुले जनाएको छ ।
पाकिस्तानी प्रधानमन्त्रि शहबाज सरिफले पूर्व प्रधानमन्त्री इमरान खानमाथि भएको गोली प्रहारको निन्दा गरेका छन् । शाहबाज सरिफ दुई दिने चीन भ्रमण सकेर आजै स्वदेश फर्किएका हुन् ।
प्रधानमन्त्री सरिफले गोली प्रहारको घटना सार्वजनिक भएपछि चीन भ्रमणबारे जानकारी दिन पूर्व निर्धारित पत्रकार सम्मेलन स्थगित गरेका छन् ।
इमरान खान सबार कन्टेनरमा भएको आक्रमणकै कारण उक्त पत्रकार सम्मेलन स्थगित गरिएको सूचना मन्त्री मरियम औरङ्गजेबले बताएकी छन् । उनले गृहमन्त्री राणा सनाउल्लाहलाई आईजी पुलिस र पञ्जाबका मुख्य सचिवसँग तुरुन्त घटनाको थप रिपोर्ट लिन निर्देशन दिएका छन् ।
‘गोलीबारीको घटनापछि उत्पन्न संवेदनशितालाई मध्यनजर गर्दै प्रधानमन्त्री शाहबाज सरिफको चीन भ्रमणपछि गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित गरिएको मन्त्री मरियमले भनिन् ।
इमरान खानले तत्काल चुनावको माग गर्दै आह्वान गरेको लंग मार्चको सातौं दिनमा गुजरान्बालाको अल्लाहवाला चौकमा यो घटना भएको हो । गोलीबाट चोट लागेका खानको स्थिति भने सामान्य रहेको बताइएको छ ।